​युवा अवस्थामै कपाल फुलेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

Newslaya Home

​युवा अवस्थामै कपाल फुलेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

बिहीबार ३०, कार्तिक २०७४

यदि तपाईको युवा अवस्थामै कपाल फुल्ने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । कपाल मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो । कालो कपालले मानिसको पर्सनालिटीलाई बढाउँने गर्दछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । 
– कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक उत्तम उपाय हो । नरिवलको तेलमा सुकेको अमलाका केही टुक्रा मिसाएर आगोमा उमाल्नुस् । र तेल चिसिएपछि त्यसलाई आफ्नो कपाल र टाउको लगाएर मालिस गर्नुहोस् । त्यसको एक घण्टापछि कपाल धुनुहोस् । यो प्रक्रिया हप्तामा एक पटक वा दुई पटकसम्म गर्नुस् ।
– नरिवलको तेलमा कागतीको रस मिसाएर कपाल र टाउको मालिस गर्नुस् । मालिस गरेको करिब एक घण्टापछि आफ्नो कपाललाई धुनुहोस् । 
– प्याजको रस पनि कपाल फुल्ने समस्याबाट छुटकारा दिने महत्वपूर्ण बस्तु हो । यसले कपाल झर्न र तालुखुइले हुनबाट रोक्न मद्दत गर्छ । एउटा काँचको कचौरामा प्याज र कागतीको रस मिलाउनुस् । अनि कपाल र टाउको मालिस गर्नुहोस् । ३० मिनेटपछि एक हल्का हर्बल स्याम्पूले धुनुहोस् । यद्यपी प्याजको रस चिसो हुन्छ त्यसकारण यसको प्रयोग गर्मी मौसममा गर्दा ठिक हुन्छ ।
– बदामको तेल, कागतीको रस र अमलाको रसलाई बराबर मात्रामा मिलाउनुहोस् । उक्त मिश्रण तेलले आफ्नो कपाललाई मालिस गर्नुहोस् । यसको प्रयोगले तपाईको कपाल बिस्तारै बिस्तारै कालो चमकदार हुँदै जानेछ ।
– कपाल कालो पार्न महेन्दी नामक विरुवाको पातको प्रयोग पनि महत्वपूर्ण मानिन्छ । एक मुठ्ठी महेन्दीका पातलाई पिसेर लेदो बनाउनुस् । यसको लेदोमा तीन चम्चा अमला पाउडर र एक चम्चा दही मिलाएर आफ्नो कपालमा समान रुपमा लगाउनुहोस् । सुकेपछि धुनुहोस् ।
– नरिवलको तेलमा करी (एकप्रकारको जडीबुटी)को पातलाई मिसाएर कालो हुँदासम्म उमाल्नुस् । चिसिएपछि यसले आफ्नो टाउको र कपालमा मालिस गर्नुस् र ४५ मिनेटपछि कपाल धुनुहोस् ।
– कालो तिल वा तिलको तेल कपाल फुल्ने समस्याबाट छुटकारा दिने सबैभन्दा प्रभावकारी उपचार हो । हरेक दिन एक चम्चा कालो तिलको बिउलाई कम्तिमा पनि तीन महिनासम्म सेवन गर्नुहोस् । साथै तिलको तेलले कपाल मालिस गर्नुहोस् । 
– कालो चियाले कपाललाई कालो बनाउनुका साथै नरम र चमकदार बनाउँछ । एक कप पानीमा दुई चम्चा चियापत्ति मिसाएर उमाल्नुस् । त्यसमा एक चम्चा नुन पनि मिसाउनुहोस् । चिसिएपछि छान्नीमा छानेर त्यो कालो पानीले आफ्नो कपाल र टाउकोमा मालिस गर्नुस् र एक घण्टापछि चिसो पानीले धुनुहोस् ।
– लौकाको रसमा जैतुनको तेल वा तिलको तेल मिसाएर आफ्नो टाउको र कपाल मालिस गर्नुहोस् । चौलाई (एक प्रकारको हरियो सब्जी)को ताजा रसले कपालको प्राकृतिक रंग बनाउने, कपाल झर्न रोक्ने र कपाल फुल्न रोक्नेमा मद्दत गर्छ ।