​बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

Newslaya Home

​बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

मङ्गलबार २८, कार्तिक २०७४

के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा एेठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस् । 
 १.चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस् ।

२. ओछ्यान सफा गर्नुहोस् : सुत्नुअघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस् । फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ ।
 
३.  सुकमेल : यदि रातको समयमा तपाईँलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५÷६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नुहोस् ।

४. काट्ने हतियार : यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देखिदैन ।

५. ओढ्ने : ओढ्ने कहिले पनि रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको प्रयोग 
गर्नुहुँदैन । 

६. पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस् । बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस् ।

७. कपाल बाँधेर सुत्नुहोस् : सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ । त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस् ।
 
८. जुत्ता–चप्पल : सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ ।

९. पहेलो चामल : पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ । पहेलो चामललाई कुनै कागज वा कपडामा बेरेर सिरानी मुनि राखिदिनुहोस् ।