​मंगलग्रह जान टिकट काट्नुभो ? २६ सय बढी नेपालीले टिकट काटिसके

Newslaya Home

​मंगलग्रह जान टिकट काट्नुभो ? २६ सय बढी नेपालीले टिकट काटिसके

शुक्रबार २४, कार्तिक २०७४

काठमाडौं । मंगल ग्रहमा जानका लागि २६ सय ३६ जना नेपालीले अग्रिम टिकट बुकिङ गरेका छन् ।
नासाले जनाएअनुसार अर्को वर्षको नोभेम्बर महिनामा त्यहाँ पुग्नका लागि नेपालीहरूले उत्सुकता जनाएका हुन् । मंगल ग्रहमा जानका लागि हालसम्म विश्वभरबाट चौबीस लाखभन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन् । जसमा सबैभन्दा बढी मानिस संयुक्त राज्य अमेरिकाबाट तथा त्यसपछि चीन र भारतबाट छन् ।
अनलाइन टिकट व्यवस्था रहेको यस कार्यक्रमको लागि नासाले पछि अन्तिम नामावली प्रकाशन गर्ने बताएको छ । त्यहाँ जानका लागि कति खर्च लाग्ने लगायतका विस्तृत विवरण भने नासाले सार्वजनिक गरिसकेको छैन ।