​यसकारण हुन्छ पायल्स, पायल्सका बिरामीले के खाने ?

Newslaya Home

​यसकारण हुन्छ पायल्स, पायल्सका बिरामीले के खाने ?

मङ्गलबार ०७, कार्तिक २०७४

हामीले आफ्नै दैनिक जीवनयापनको कारण पायल्स निम्त्याइरहेका हुन्छौँ । व्यस्त जीवनशैली, व्यायाम र स्वस्थ खानाको कारण पायल्सले धेरैलाई सताइरहेको छ । 
पायल्स हुनुका कारण :
– शारीरिक व्यायाम नगर्नु ।
– माछामासु तथा सुक्खा चिजबढी लिनु ।
– पानी कम खानु ।
– अनिद्रा, तनाव लिनुका साथै रक्सी, चुरोट, सुर्तीको अत्यधिक प्रयोग गर्नु ।
– दिसा–पिसाब लागेका बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी मात्रामा गर्नु ।
– हरियो सागपात नखानु ।
– शरीरलाई आवश्यकभन्दा बढी खानु ।
– भुटे–तारेका कुरा बढी खानु ।
 
के खाने ?
– पायल्स भएका बिरामीले पिरो, चिल्लो तथा मसला बढी भएको माछामासु नखाने ।
– नरिवल, अनार, स्याउ जस्ता फलफूल अधिक मात्रामा खाने ।
– दैनिक रूपमा फलफूल खाने ।
– खानासँग मूला, काँक्रो, गाँजर खाने ।
– हरियो सागपात काँचै खाने ।
– हरेक दिन शारीरिक व्यायाम गर्ने ।
– पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकताअनुसार पेट सफा गराउने ।
– प्रशस्त पानी पिउने ।
– पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट, रक्सीजस्ता चिज उपभोग नगर्ने ।
– नियमित रूपमा योग गर्ने ।
– खानेकुरा खाँदा एकदम कम र हल्का खाने । शरीरले पचाउन सक्ने गरी मात्रै खानुपर्छ ।