यसकारण पिउनुस् मेवाको पातको जुस

Newslaya Home

यसकारण पिउनुस् मेवाको पातको जुस

सोमबार ०६, कार्तिक २०७४

मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक फल हो । मेवा खानुको साथै मेवाको पातको जूसले धेरै प्रकारका रोगहरुबाट छुट्कारा पाउन सकिन्छ । उसो त डेङ्गु र चिकनगुनियाका रोगिहरुलाईं मेवाको पातको जूस पिउन सल्लाह दिइन्छ ।
तर, यदी तपाई जीवनभर स्वस्थ रहन चाहनुहुन्छ भने आफ्नो नियमित डाइटमा मेवाको जूसलाई सहभागि गराउन सक्नुहुन्छ । मेवाको पातको जूस पीउनुका फाइदाहरु यसप्रकार छन्ः 
१. महिनावारीको समय हुने दुखाई धेरै नै खतरनाक हुन्छ । यस अवस्थामा हुने दुखाईमा मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर काढ़ा बनाउने । त्यसपछि त्यो काढालाई सेलाएर पिउनाले दुखाईमा राहत प्राप्त हुन्छ  ।
२. रगतको कमीमा लाभदायक मेवाको पातको जूस औषधि भन्दा कम हुँदैन । यदी तपाईको रगतमा प्लेटलेट्स कम हुँदैछ भने मेवाको पातको जूस पिउन सक्नुहुन्छ । मेवाको पातको जूस दैनिक दुई चम्चा तिन महिनासम्म पिउनाले रगतमा प्लेटलेट्सको मात्रा चाँडै नै बढेर जान्छ ।
३. शरीरको इम्यूनिटीलाई बढाउनुका साथै मेवाको पातको जूसले शरीरमा व्याक्टेरियाको उत्पादनलाई रोक्नमा पनि मद्दत गर्छ । यसले रगतमा सेतो रक्त कोषिका (व्हाईट व्लड सेल्स) र प्लेटलेट्सलाई पनि बढाउनमा मद्दत गर्छ ।
४. मेवाको पातमा क्यान्सर सँग लड्ने गुण हुन्छ । जसले इम्यूनिटीलाई बढाउनमा मद्दत गर्छ र सर्भाइकल क्यान्सर, स्तन क्यान्सर जस्ता क्यान्सरका कोषहरुलाई उत्पन्न हुनबाट जोगाउँछ ।
५. डेंगूको लागि रामबाण औषधि डेंगू र मलेरियासँग लड्नमा मेवाको पातको जूस धेरै नै लाभकारी हुन्छ । यसले ज्वरोको कारण कम हुँदै गएको प्लेटलेट्सलाई बढाउनुका साथै शरीरमा कमजोरी हुन दिदैँन ।