सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला बढी

Newslaya Home

सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा महिला बढी

आइतबार ०५, कार्तिक २०७४

इटहरी । सुनसरीमा परिवार नियोजनको साधन प्रयोगमा पुरुष भन्दा महिला बढी रहेको पाइएको छ । सुनसरीको सात वर्षे स्वास्थय तथ्यांकले परिवार नियोजनको अस्थायीदेखि स्थायी साधन सम्मको प्रयोगमा महिला नै अगाडि रहेको देखाएको छ । 
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले परिवार नियोजनका साधन प्रयोगमा पुरुष बढी लजालु हुने जनाएको छ । तथ्यांक अनुसार परिवार नियोजनका अस्थायी साधन ९८ प्रतिशत महिलाले प्रयोग गरेका छन् । त्यस्तै, परिवार नियोजनकै स्थायी साधन समेत ९९ प्रतिशत महिलाले नै प्रयोग गरेका छन् ।  
कार्यलयले जिल्लामा एक हजार चार सय ४१ महिलाले स्थायी बन्ध्याकरण गराउँदा १८ जना मात्रै पुरुषले बन्ध्याकरण गराएको जनाएको छ । आव २०७३÷७४ मा आएर नौं सय ८७ जनाले मात्रै बन्ध्याकरण गराएको तथ्यांकमा उल्लेख छ । 
परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, आयुसिडी, नरप्लान्टलगायतका साधन महिलाले प्रयोग गर्ने भएकाले महिलाको तथ्यांक बढी देखिएको कार्यालयको बुझाइ छ ।