​गाईको पिसाब १४८ रोगको औषधि

Newslaya Home

​गाईको पिसाब १४८ रोगको औषधि

बिहीबार ०२, कार्तिक २०७४

काठमाडौं । गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ ।
रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका हुन् । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गरेको थियो ।
भैसीको दुधभन्दा गाईको दुध लाभदायक भएको अध्ययनको निष्कर्ष छ । अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ समेत लिइसकेको छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।
गाईको घ्यूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ । 
जर्सी गाईबाट आउने दूध, दही, घ्यू भने स्वास्थ्यका लागि त्यती उपयुक्त नभएको वैज्ञानिक अनुसन्धानबाट देखिएको छ । स्थानीय गाई, गोरु प्राकृतिक हुन् भने जर्सी गाई गोरु कृत्रिम हुन् ।
स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई सोस्ने गर्छ । जुरोलाई सूर्य केतु नाडी भनिन्छ जसले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएको शक्तिले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको योगी सोमराजले बताए ।
स्थानीय गाईको दूधमा ओमेगा—३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउँछ । सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि प्रकारका अर्बुद रोग हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ, जुन अर्बुदरोग निरोधक औषधि हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले अर्बुद रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पुर्याउँछ ।
इटालीमा प्राजिइ विंगेडले गाईको गोबर क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमतायुक्त हुने जनाएको छ । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौला आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् ।
गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन हुँदैन । अहिले युरोप र अमेरिकाका शहरमा समेत अग्र्यानिक (जैविक) खेती गर्ने क्रम बढेको छ ।