​यसरी बनाउनुहोस् अनियमित भएको महिनावारी नियमित

Newslaya Home

​यसरी बनाउनुहोस् अनियमित भएको महिनावारी नियमित

बुधबार ०१, कार्तिक २०७४

अनियमित महिनावारीलाई चिकित्सकीय भाषामा ‘ओलिगोमेनोरिया’ भनिन्छ, जुन अधिकांश महिलाहरूका लागि साझा समस्या बन्दै आएको छ ।
चिकित्सकीय समस्या, तौलमा घटबढ, अस्वस्थ खानपान तथा जीवनशैली जस्ता अनेकौँ कारणले गर्दा हुने अनियमित रजस्वलाले गर्दा महिलाहरूमा अनावश्यक तनाव उत्पन्न गराउन थाल्दछ । त्यसैले आज हामी तपाईँहरूलाई यस्तो तनावबाट मुक्त गराउने सुरक्षित तथा प्राकृतिक उपायहरूको बारेमा छोटो जानकारी दिन गैरहेका छौँ । 
रजस्वलाचक्रलाई नियमित गर्ने सबैभन्दा उपयोगी र प्रभावशाली प्राकृतिक उपायहरू यसप्रकार छन् :
१. मेवाः रजस्वलाचक्रलाई नियमित बनाउने सबैभन्दा प्रभावशाली घरेलु उपायहरूमध्ये मेवा पनि पर्दछ । डा. बात्राका अनुसार, काँचो हरीयो मेवाले पाठेघरलाई खुम्च्याई रजस्वला सुचार गर्न मद्दत गर्दछ । यसमा पाइने क्यारोटिनले महिलाहरूमा एस्ट्रोजेन हरमोनको उत्पादन गराई रजस्वला सुचारु गराउँदछ ।
 
प्रयोग गर्ने विधिः विशेषज्ञका अनुसार, रजस्वलाचक्रका अन्तिम दिनहरूमा काँचो मेवा चपाउने अथवा मेवाको जुस दिनमा दुईपटक (२०० मिलिलिटर) पिउने अथवा एक बटुको पाकेको मेवा खाने गर्नाले यसको प्रभाव देख्न सकिन्छ ।
 
२. जीराः धनियाँकै प्रजातीमा पर्ने जीराको दानाले पनि उस्तै प्रभाव पार्ने विशेषज्ञहरू बताउँछन् । यसले महिलाहरूमा रजस्वलाचक्रलाई नियमित गराउनुका साथै नियमित सेवनले दुई हप्तामा नै मोटोपना घटाउँछ ।
 
प्रयोग गर्ने विधिः एक गिलास पानीमा आधा चम्चा जीराको दाना राखेर १० मिनेट उमाल्नुहोस्, ताकि पानीको रङ्ग हलुका खैरो होस् । त्यसपछि त्यसलाई पाँच मिनेटसम्म छोपेर राख्नुहोस् र पिउनुहोस् । यसले रजस्वलाचक्रलाई नियमित गराउन मद्दत गर्दछ । यदि तपाईँ गर्भवती हुनुहुन्छ भने यो विधि अपनाउनु हानीकारक हुने चिकित्सकहरु बताउँछन् ।

३. धनियाँको हरीयो पातः प्राचीन कालमा शताब्दीऔँ देखि नै धनियाँको पातलाई रजस्वला निम्त्याउने प्राकृतिक औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । धनियाँको पातमा हुने दुईवटा तत्वहरूः एपियोल र मिरिस्टिसिनले पाठेघरलाई खुम्च्याउँदछ, जसले रजस्वला चक्रलाई सुचारु गर्न मद्दत गर्दछ।

प्रयोग गर्ने विधिः रजस्वला नियमित गराउनको लागि हरीयो धनियाँको पातको दैनिक डोज भनेको केवल ६ ग्राम हुनुपर्दछ, जसलाई २/२ ग्राम गरी १५० मिलिलिटर पानीमा उमाली दिनमा तीनपटक पिउनुपर्दछ । अथवा १ गिलास पानीमा ३/४ पत्ता हरीयो धनियाँको पात राखेर उमालेर पिउँदा पनि उपयोगी हुन्छ ।
 
४. मेथीः प्रजनन समस्याको उपचारको लागि मेथीलाई शताब्दीऔँ देखि नै प्रयोग गरिँदै आएको इतिहास रहेको छ । यसले महिलाहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोन हरमोनलाई सक्रिय गराई पाठेघरलाई खुम्च्याउँदछ र रजस्वला गराउन मद्दत गर्दछ । साथै यसले प्रशवावस्थाको पीडा सहिरहेका महिलाहरूको पीडा कम गर्न पनि मद्दत गर्दछ । तर यसको धेरै सेवनले गर्भपतन गराउने खतरा निम्त्याउँदछ।
 
प्रयोग गर्ने विधिः तरकारीमा एक चम्चा मेथीको दाना राखेर दैनिक खाने बानीले रजस्वलाचक्रमा आउने समस्या टाढा हुने विज्ञहरूको सल्लाह रहेको छ । साथै बिहानीपख एक गिलास पानीमा आधा चम्चा मेथीको दाना राखि उमालेर पिउँदा पनि प्रभावकारी हुने उनीहरू बताउँछन् ।
 
५. अदुवाः अदुवाको चियालाई रजस्वला निम्त्याउने सबैभन्दा शक्तिशाली तत्व मानिन्छ । तर यसले अलिकति साइडइफेक्ट दिने चिकित्सकहरू सुझाव दिन्छन् । त्यसैले धेरै दिनसम्म रजस्वला रोक्किएको छ भने हरीयो धनियाँको पात र अदुवाको चिया बनाएर पिउन चिकित्सक सल्लाह दिन्छन् । अदुवाले पाठेघर वरिपरीको तापक्रम बढाएर त्यसलाई खुम्च्याई रजस्वला गराउन मद्दत गर्दछ।
 
प्रयोग गर्ने विधिः अदुवालाई चियाको रूपमा सेवन गर्नु सबैभन्दा सजिलो उपाय हुन आउँछ । तर यसबाट राम्रो प्रभाव पाउनका लागि आधा गिलास अदुवाको रसमा आधा चम्चा मह मिसाएर पिउनुपर्ने विज्ञहरू बताउँछन् । रजस्वला रक्किएका दिनहरूमा बिहान उठ्ने बित्तीकै आधा गिलास पानीमा आधा गिलास अदुवाको रस मिसाएर खालीपेटमा पिउनुपर्दछ ।