कसरी बच्ने रुघाखोकीबाट ?

Newslaya Home

कसरी बच्ने रुघाखोकीबाट ?

बुधबार ०१, कार्तिक २०७४

चिसो बढ्दै गइरहेकोले धेरैलाई रुघाखोकीको समस्या निम्त्याउने गर्छ । आफूलाई रुघाखोकी लाग्न थालेको हो भन्ने थाहा हुने बित्तिकै यसको समाधान गर्नतर्फ लाग्नुपर्छ । यसको निरकरण समयौ गरिएन भने नाक, घाँटी र फोक्सोमा ठूलै असर पर्न सक्छ ।
आफूलाई चिसो लागेको हो भन्ने थाहा हुने बित्तिकै चिसोमा बाहिर निस्कनुपूर्व पानीको बाफ लिनुपर्छ । यसले टालिएको नाक खुलाउँछ । त्यस्तै यस्तो अवस्थामा तातो पानी पिइरहने, तातो रसयुक्त खानेकुरा खानुपर्छ । जाँड–रक्सी, तारेको मासु वा दुग्ध पदार्थले कफ बढाउने हुनाले यस्ता चिज रुघाखोकी लागेको बेलामा नखानु नै उचित हुन्छ । रुघाखोकी भगाउने अन्य घरेलु उपाय यस प्रकार छन् ः
– तीन केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा मिसाएर १२ घन्टापछि खाने
– अदुवाको रस र मह बराबर भाग मिसाएर ठूलो चम्चाको एक चम्चा बिहान–बेलुकी खाने
– खोकीमा बेसारपानी सेवन गर्दाले निकै नै आराम दिन्छ ।
– एक चियाचम्चाभन्दा कम अदुवा, तुलसीको पात वा तुलसीको रस र एक चियाचम्चा पिसेको अदुवा पकाएर पिउँने
– एक चम्चा मह र कागतीको रस मिलाएर एक गिलास मनतातो पानीमा राखेर पिउने