​भारत फेरी नं. १

Newslaya Home

​भारत फेरी नं. १

सोमबार १६, असोज २०७४

काठमाडौं । अष्ट्रेलियाविरुद्धको एक दिवसीय क्रिकेट शृंङ्खला जित्दै भारत विश्व वरियताको शीर्ष स्थानमा फर्किएको छ ।
अष्ट्रेलियाविरुद्धको पाँचौ तथा अन्तिम एकदिवसीय खेल ७ विकेटले जित्दै भारतले शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो । अन्तिम खेलमा अष्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य भारतले ४२ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो ।
नागपुरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेट गुमाएर २ सय ४२ रन मात्रै बनाएको थियो ।
भारतका अक्षर पटेलले तीन तथा जस्प्रित बमराहले दुई विकेट लिएका थिए । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले ३ वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल पनि खेल्ने छ ।