प्रिमियर लिगमा म्यान्चेष्टर सिटी र युनाइडेट दुवै विजयी

Newslaya Home

प्रिमियर लिगमा म्यान्चेष्टर सिटी र युनाइडेट दुवै विजयी

आइतबार १५, असोज २०७४

 काठमाडौं । इंग्लीश प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी र म्यान्चेष्टर युनाइडेट दुवै विजयी भएका छन् । 
अंक तालिकाको पहिलो स्थानमा रहेको म्यान्चेष्टर सिटीले चेल्सीलाई १–० ले हराउँदै जीत हासिल गरेको हो । सिटीको जितका लागि केभिन डे ब्रायनले गोल गरे । चेल्सीलाई पराजित गर्दै सिटी तीन अंक बटुल्न सफल भयो ।  

त्यस्तै, प्रिमियर लिग कै अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ४–० ले हराउँदै विजयी बनेको छ । युनाइडेटका रामेलु लुकालुले दुई र जुआन माटा र मारोन फेलिनीले एक एक गोल गरे । 
यो खेलसंगै दुवै म्यान्चेष्टर सिटी र युनाइडेट ले सात खेलबाट समान १९ अंक जोडेका छन् ।