म्यान्चेष्टर सिटिका स्ट्राइकर एग्युरोको कार दुर्घटना

Newslaya Home

म्यान्चेष्टर सिटिका स्ट्राइकर एग्युरोको कार दुर्घटना

शनिबार १४, असोज २०७४

काठमाडौं ।  म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जिओ एग्युरोको कार दुर्घटना भएको छ । कार दुर्घटनामा परी उनी घाइते भएका छन् । 
एउटा सांगितिक कार्यक्रममा सहभागी भई विमानस्थल फर्कने क्रममा उनको कार दुर्घटनामा परेका हो । च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति हुने चेल्सी विरुद्धको खेलका लागि उनी टिममा समावेश समेत छन् । खेलअघि उनको स्वास्थ्य अवस्थाबारे जाँच गरिने जनाइएको छ ।
च्याम्पियन्स लिगको यो सिजनमा एग्युरोले म्यान्चेष्टर सिटिको तर्फबाट आठ गोल गरिसकेका छन् ।