भारतलाई हराउँदै नेपालले जित्यो उपाधि

Newslaya Home

भारतलाई हराउँदै नेपालले जित्यो उपाधि

बिहीबार १२, असोज २०७४

काठमाडौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा भारतलाई हराउँदै नेपालले उपाधि हासिल गरेको छ । भुटानको थिम्पुस्थित समूह चरणको अन्तिम खेलमा भारतलाई २–० ले पराजित गर्दै नेपाल विजेता बनेको हो ।

नेपालको जितका लागि दिनेश हेन्जनले गोल गरेका हुन् । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए । 
बुधबार नै भएको अर्को खेलमा बंगलादेश विजयी भएको थियो । बंगलादेशले भुटानलाई २–० ले हराएको हो । 
बंगलादेश र नेपालको समान नौं अकं भएतापनि हेड टु हेडका आधारमा नेपाल विजेता बनेको हो ।