​कस्ता प्रजातिका लामखुट्टे सबैभन्दा खतरनाक ?

Newslaya Home

​कस्ता प्रजातिका लामखुट्टे सबैभन्दा खतरनाक ?

मङ्गलबार १०, असोज २०७४

लामखुट्टे फरक–फरक प्रकारका हुन्छन् । यसरकारण लामखुट्टेसँग जोडिका रोग पनि छुट्टा–छुट्टै प्रकारका हुन्छन् । 
विश्वमा पाइने ६ प्रजातिका लामखुट्टे खतरनाक मानिन्छन् । त्यसो त विश्वभर लामखुट्टेका ३ हजार ५ सय प्रजाति पाइन्छन् । पृथ्वीमा लामखुट्टेको उत्पत्ति १० करोड वर्ष पहिला नै भएको मानिन्छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार लामखुट्टेको टोकाइबाट लाग्ने रोगका कारण विश्वभरमा वार्षिक ७ लाख २५ हजार मानिसको मृत्यु हुन्छ । ब्राजिल, इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा सबैभन्दा बढी लामखुट्टेको प्रजाति पाइन्छ । 
यी हुन् सबैभन्दा खतरनाक ६ लामखुट्टेः  
एडीज एजिप्टी
मानिसको रगत चुस्ने संसरभरका सबैभन्दा ६ खतरनाक लामखुट्टेमध्ये एडीज एजिप्टी प्रजातिको मच्छर पहिलो नम्बरमा पर्छ । यसको खुट्टामा सेतो धर्का हुन्छ । यो प्रजातिका लामखुट्टेले मानिसलाई दिउँसो टोक्छन् । यो प्रजातिको लामखुट्टेले टोक्दा मानिसलाई डेंगु, चिकनगुनिया, जीका भाइरस, मायरो र एलो फिवर जस्ता खतरनाक रोग लाग्छन् । यो प्रजातिको लामखुट्टेको उत्पत्ति अफ्रिकामा भएको हो । तर अहिले भने संसारका सबै ठाउँमा यो लामखुट्टे पाइन्छ । 

एनोफ्लिज गेम्बी
सामान्यतः यो लामखुट्टेलाई अफ्रिकन मलेरियाई लामखुट्टे भनेर पनि चिनिन्छ । यसमा मलेरिया फैलाउने जीवाणु हुन्छ । अफ्रिकाका उष्णतटीय क्षेत्रमा पाइने यो लामखुट्टे राति बढी सक्रिय हुन्छ । यसले मासिको शरीरको भित्री भागमा टोक्छ । यो लामखुट्टेको टोकाइबाट मात्रै हरेक वर्ष ४ करोड ४० लाख मानिसको मृत्यु हुन्छ । 

क्यूलेक्स पीपिन्स
यो प्रजातिको लामखुट्टेमा वेस्ट नील भइरस, मेनिन्जाइटिस तथा जापानी इन्सफ्लाइटिस जस्ता बिमारी फैलाउने लक्षण हुन्छ । मध्यम आकारको यो लामखुट्टे प्राय रातिको समयमा नै सक्रिय हुन्छ । 

एडीज एल्बोपिक्ट्स
यो प्रजातिको लामखुट्टे पनि धेरै खतरनाक मानिन्छ । यो प्रजातिको लामखुट्टेको टोकाइबाट वेस्ट नील फिवर, डेंगु, एलो फिवर, इन्सफ्लाइटिस, चिकनगुनिया तथा जीका वायरस फैलिन्छ । यो प्रजातिका लामखुट्टे कुनै पनि ठाउँमा पानीमा हुर्कन सक्छन् । एसियाका साथै, यूरोप, अमेरिका र अफ्रिकाका धेरै ठाउँमा यो प्रजातिको लामखुट्टे पाइन्छ । 

एनोफलीज स्टेपहेन्सी
यो प्रजातिको लामखुट्टे विशेष गरेर पश्चिमी तथा दक्षिणी एसियामा पाइन्छ । यही प्रजातिको लामखुट्टेको टोकाइबाट नै मलेरिया रोग सर्छ । शहरी तथा ग्रामिण क्षेत्र, दुबै ठाउँमा पाइने यो प्रजातिको लामखुट्टे जम्मा भएको पानी, तलाउ, नहर तथा घरका भित्तामा पनि सजिलै हुर्कन सक्छ । 

कुलेस्टा मिलानउरा
कालो रंगको यो लामखुट्टेले मानिसको शरीरमा इस्टर्न इक्वाइन इन्सफ्लाइटिस र वेस्ट नील जस्ता खतरनाका भाइरस पुर्याउँछ । यो लामखुट्टे दक्षिणी क्यूवा, क्यानडा, पूर्वी अमेरिका र पूर्वी मेक्सिकोमा बढी पाइन्छ ।