दशैंमा नखानुहोस् रातो मासु र मदिरा हुनसक्छ यस्तो खतरा

Newslaya Home

दशैंमा नखानुहोस् रातो मासु र मदिरा हुनसक्छ यस्तो खतरा

मङ्गलबार १०, असोज २०७४

दशैंमा मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्छ । दशैंमा बढी खसी, रांँगा र बोसो हुने बगुर, बँदेलको रातो मासु सकभर खानुहुँदैन । 
आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन्छ ।
चाडबाडमा मासु खानुअघि सकभर सबैले नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले स्वास्थ्य जाँच गराउनुपर्छ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको पाइन्छ । 
चिकित्सकहरुले उच्च रक्तचाप र मुटुरोगीलाई दशैंँमा बढी रातो मासु र मदिरा नखान सुझाव दिने गरेको पाइन्छ । दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने हुन्छ । 
अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने चिकित्सकहरुको अनुमान छ ।