स्क्रब टाइफसको संक्रमण बढ्दो, दुई महिनामा २०१ संक्रमित

Newslaya Home

स्क्रब टाइफसको संक्रमण बढ्दो, दुई महिनामा २०१ संक्रमित

मङ्गलबार १०, असोज २०७४

चितवन । मुसाको शरीरमा हुने सूक्ष्म माईट नामक किराले टोक्दा सर्ने स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । दुई महिनाको अवधि भरमा करिब दुई सय एक जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनल परीक्षण गरिएको आठ सय १७ जनामध्ये दुई सय एक जनामा सो संख्यामा संक्रमित भेटिएका हो । 
भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल रत्ननगरमा नौं, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको कार्यालयले जनाएको छ ।  
त्यसैगरी, टाइफसका कारणले दुईजनाको मृत्यु समेत भएको छ । विशेषगरी झारपात र झाडीमा उक्त किरा खसेका बेला मान्छेमा टाँसिएर यसले टोक्ने गर्छ ।
ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु, माम्सपेसी दुख्नु, पाचन आङ्गमा गड्बडी आउनु, शरीरमा रातो बिबिरा देखिनु आदी यसका प्रमुख लक्षण हुन । रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।