​नुहाउने बेला भुलेर पनि नगर्नुहोस् यी गल्ती

Newslaya Home

​नुहाउने बेला भुलेर पनि नगर्नुहोस् यी गल्ती

सोमबार ०९, असोज २०७४

मानिसहरु दिनहुँ नुहाउने गर्छन् । नुहाउने क्रममा मानिसहरु यस्ता थुप्रै गल्ती गर्ने गर्छन् जसले शरिरमा नराम्रो असर पुर्याउने गर्दछ । त्यसैले नुहाउने बेलामा तल लेखिएका गल्तीहरु कहिल्यै गर्नुहुँदैन ।
निकै चिसो वा तातो पानीले नुहाउँदा कपाल र छालाको तन्तु खराब हुने गर्दछ । छाला पोल्ने वा सुन्निने हुनसक्छ । 
धेरै बेरसम्म नुहाइरहँदा छालाको नरमपन कम हुनसक्छ । छाला सुख्खा हुनसक्छ । चाँडै चाउरी पर्नसक्छ । 
बडी स्क्रबरलाई बाथरुममा छोड्दा त्यसमा हानिकारक ब्याक्टेरिया पैदा हुनथाल्छ । यसले छाला र शरिरमा संक्रमण पैदा गर्न सक्छ ।
धेरै गोरो देखिने चक्करमा धेरै स्क्रब गर्दा छालाको माथिल्लो तहमा क्षती हुनसक्छ । संक्रमण हुनसक्छ ।
मेडिकेटेड वा केमिकलयुक्त साबुनको अत्यधिक प्रयोग गर्दा छालाको संक्रमणबाट बचाउने ‘गुड ब्याक्टेरिया’ समाप्त हुने गर्दछ ।
स्याम्पुपछि कन्डिशनर नलगाउँदा कपाल रुखो हुने गर्दछ । कपालको चमक कम हुनसक्छ । कपाल लट्टा पर्ने गर्दछ ।
व्यायामलगत्तै चिसो पानीले नुहाउँदा रुघा खोकीका साथै स्ट्रोक र हृदयघातसम्म हुनसक्छ । 
रुमालले धेरै रगडेर पुछ्दा छाला र कपाललाई हानी हुने गर्दछ । छाला रुखो हुनसक्छ भने कपाल झर्न सक्छ । 
नुहाइसकेपछि मोइश्चुराइजर नलगाउँदा छाला रुखो हुनसक्छ । चिलाउने र डाबर आउने समस्या पनि हुनसक्छ ।