रोहिंग्या शरणार्थी माथी बंगलादेश सरकारको यस्तो कडाइ

Newslaya Home

रोहिंग्या शरणार्थी माथी बंगलादेश सरकारको यस्तो कडाइ

आइतबार ०१, असोज २०७४

काठमाडौं । म्यानमारबाट भागेर पुगेका रोहिंग्या मुसलमान शरणार्थी माथी बंगलादेश सरकारले बडाइ सुरु गरेको छ । वंगलादेश प्रहरीले सरकारले छुट्याएका निश्चित स्थानमा मात्र शरणार्थीहरु बस्नुपर्ने जनाएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै आफ्ना साथी तथा नातेदारसँग अरु ठाउँमा जान अनुमति नदिइने समेत उल्लेख गरेको छ ।

त्यसैगरी प्रहरीले यातायात व्यवसायी र चालकहरुलाई शरणार्थीलाई नबोक्न आग्रह गरेको छ । त्यस्तै शरणार्थीलाई कोठा भाडामा नदिन पनि घरधनीहरुलाई सचेत गराइएको छ ।

करिब ८० हजारभन्दा कढीले आश्रय पाउनेगरी रोहिंग्या शरणार्थीलाई बस्न बंगलादेश सरकारले कोक्स बजार छेउमा आश्रयस्थल बनाउने तयारी गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो तीन सातामा म्यानमारबाट भागेर बंगलादेश पुगेका करिब ४ लाख रोहिंग्या शरणार्थीको आवत जावतमा कडाई गरिएको हो ।
बंगलादेशमा यसअघि पनि लाखौं रोहिंग्या मुसलमान आप्रवासी बस्दै आएका छन् ।(एजेन्सी)