​काश्मिरमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु

Newslaya Home

​काश्मिरमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु

शनिबार ३१, भदौ २०७४

श्रीनगर । भारतको काश्मिरमा शनिबार गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
लडाकूहरुले कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिए । प्रवक्ताका अनुसार घटनास्थल क्षेत्रमा अहिले पनि सुरक्षा कारबाही जारी छ । हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ । दुवै पक्षले सो ठाँउ आफ्नो भएको दावी गर्दै आएका छन् ।