इर्मा आँधीका कारण बिद्युत आपुर्ती नहुँदा ८ जनाको ज्यान गयो

Newslaya Home

इर्मा आँधीका कारण बिद्युत आपुर्ती नहुँदा ८ जनाको ज्यान गयो

बिहीबार २९, भदौ २०७४

काठमाडौं । इर्मा आँधीका कारण एक हप्तासम्म विद्युत आपुर्ती नहुँदा अमेरिकाको फ्लोरिडास्थित नर्सिङ होममा रहेका ८ जनाको मृत्यु भएको छ । अरु एक सय १५ जनालाई हलिवुड हिल्स फ्यासिलिटीको नर्सिङ होमबाट उद्धार गरिएको छ ।

तीन जना हलिवुड सिटीको नर्सिङ होममा मृत अवस्थामा भेटिएका । बाँकी पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

इर्मा आँधीका कारण फ्लोरिडामा विद्युत आपूर्ति प्रभावित भएपछि एक करोड भन्दा बढी मानिस बिद्युतबिना नै बसिरहेका छन् । इर्मा आँधीले अमेरिकामा मात्रै २४ भन्दा बढीको ज्यान लगिसकेको छ । आँधीकै कारण क्यारेबियन क्षेत्रमा ४० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । (एजेन्सी)