​अमेरिकाले दियो भारतलाई बिग्रेको तोप

Newslaya Home

​अमेरिकाले दियो भारतलाई बिग्रेको तोप

बुधबार २८, भदौ २०७४

नयाँ दिल्ली । भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएको छ । परीक्षणका क्रममा तोपको गन ब्यारेल फुटेको पाइएको हो ।
ब्यारेल फुटेको पाइएपछि कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरेको जनाइएको छ । सो घटना पश्चात तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।
उक्त तोप हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा असफल भएको हो । घटनामा कुनै मानवीय क्षति भने भएको नभएको बताइएको छ ।  
भारतले अमेरिकासँगको सम्झौता अन्तर्गत यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । यो तोपको मुल्य ३९ करोड भारतीय रुपैयाँ प्रति तोप पर्ने बताइएको छ । हलुको र सानो आकारमा भएकाले उक्त तोपलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लान सकिने जनाइएको छ ।