​प्रधानमन्त्री देउवा फेरि मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा

Newslaya Home

​प्रधानमन्त्री देउवा फेरि मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा

राप्रपा प्रजातान्त्रिक पनि सहभागी हुनेगरी संभवत आजै टुङगो लाग्ने
आइतबार २५, भदौ २०७४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । देउवा सरकारले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेको पाइएको छ । 

देउवाले मन्त्रिपरिषद विस्तारको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तर्फबाट मन्त्री थपेर सरकार विस्तार गर्ने तयारी गरेका छन् । राप्रपा प्रजातान्त्रिकले ४ मन्त्रालय माग गरेपनि देउवाले तीन मन्त्रालय दिन सक्ने बताइरहेका छन् ।

राप्रपाबाट दीपक बोहरा, विक्रम पाण्डे, रामकुमार सुब्बा  र सुनिल थापाको नाम चर्चामा छ । देउवाका अनुसार राप्रपा प्रजातान्त्रिक सरकारमा गए चर्चामा रहेका चारमध्ये तीन जना मन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले मन्त्रिपरिषद् विस्तारको तयारी अन्तिम चरणमा भएपनि अझै टुंगोमा पुग्न नसकेको बताए । आजभोलिमा मन्त्रिपरिषद् बिस्तार हुने गरी छलफल अन्तिम चरणमा पुगेको छ उनको भनाइ रहेको छ ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी गरेका छन् ।