​चुनाव सकिएलगत्तै देश संघियतामा –सञ्चारमन्त्री बस्नेत

Newslaya Home

​चुनाव सकिएलगत्तै देश संघियतामा –सञ्चारमन्त्री बस्नेत

आइतबार २५, भदौ २०७४

नवलपरासी । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक स्थानीय तहको निर्वाचनपछि संघियतामा गइसकेको बताएका छन् । सरकारको प्रवत्ता समेत रहेका बस्नेतले यतिबेला देश निर्वाचनमय भएको बताए  । 

नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँगको कुराकानीमा मन्त्री बस्नेतले प्रदेश नं २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए । 

तराईका जिल्लामा आएको बाढी पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिट्टै व्यवस्थापिका–संसद्मा प्रवेश गराउने बताएका छन् ।