​बंगलादेशमा दुइ सय नेपाली अलपत्र, दूतावासद्वारा पहल सुरु

Newslaya Home

​बंगलादेशमा दुइ सय नेपाली अलपत्र, दूतावासद्वारा पहल सुरु

आइतबार २५, भदौ २०७४

काठमाडौं । एमबिबिएस अध्ययनका लागि बंगलादेश पुगेको करिब दुइ सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ ।
 
दुतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाइसकेको छ । नेपालमा एमबिबिएसको सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउने गर्दछन् । जसले गर्दा यस्तो समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
 
बंगलादेशमा अलपत्र भएका विद्यार्थीको तथ्यांक यकिन नभएपनि सम्पर्कमा भने आउनेकाम भयरहेको काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले जानकारी दिए । उनका अनुसार अहिले दुई सयको हाराहारीमा एमबिबिएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन् ।  नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् ।