​तेस्रो चरणका लागि चुनाव चिन्ह वितरण

Newslaya Home

​तेस्रो चरणका लागि चुनाव चिन्ह वितरण

आइतबार २५, भदौ २०७४

काठमाडौं । आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ का सम्पूर्ण उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । 
दुई नम्बर प्रदेशका ८ जिल्लाका एक सय ३६ स्थानीय तहका विभिन्न पदका उम्मेदवारलाई व्यवस्थित तरीकाले चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयबाटनै चिह्न प्रदान गरिएको बताए । शनिबार बिहान ११ बजेदेखि पाँच बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको उनले बताए । 
व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको छ । त्यस्तैगरी, अन्य दल र स्वतन्त्रलाई भने आयोगले निर्धारण गरेको चुनाव चिह्न प्रदाान गरिएको छ । निर्वाचन चिह्नप्राप्त गरेसँगै कतिपय उम्मेदवारले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु गरिसकेका छन् ।