​समानुपातिक तर्फ भाग लिनलाई भदौ २५–२७ सम्म निवेदन

Newslaya Home

​समानुपातिक तर्फ भाग लिनलाई भदौ २५–२७ सम्म निवेदन

आइतबार २५, भदौ २०७४

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फ भाग लिन चाहानेले यही भदौ २५ देखि २७ गतेसम्ममा आयोगमा निवेदन पेश गर्नुपर्ने सूचना जारी भएको छ । निर्वाचन आयोगमा दर्ता रहेका राजनीतिक दललाई आयोगले निवेदन पेश गर्न सूचीत गरेको हो ।

उक्त निवेदन पेश गर्दा दलले प्रतिनिधिसभा निर्वाचनका लागिमात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो ख्याल गर्नुपर्ने जनाइएको छ । त्यसैगरी, यदी दलले दुवैतर्फ भाग लिने हो भने त्यो कुरा स्पस्ट खुलाउनुपर्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खास प्रदेशमामात्र भाग लिने हो स्पष्ट रुपमा खुलाउनु पर्ने हुन्छ ।राजनितिक दलले सो निवेदन सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन निर्वाचन आयोगले सूचित गरेको छ । आयोगले दिएको मिति भित्र निवेदन पेश नगर्ने दललृे समानुपातिक निर्वाचन प्रणलीतर्फ भाग लिन पाउने छैन् ।