भारतीय ऐजेन्टको सुचीमा पूर्वी तराईका को को परे ? (सुचीसहित)

Newslaya Home

भारतीय ऐजेन्टको सुचीमा पूर्वी तराईका को को परे ? (सुचीसहित)

शनिबार २४, भदौ २०७४

काठमाडौं । नेपालको राजनीतिक नेतृत्वलाई भारतीय ऐजेन्टको अरोप लगाइने गरिन्छ । नेताहरुदेखि कर्मचारीसम्म भारतीय गुप्तचर संस्था ‘रअ’ को लागि काम गर्ने गरेको आरोप लाग्ने गरेको समयमा सेनाले भारतीय ऐजेन्टको सुची बनाएको खुलेको छ । यो सूची सेनाको गुप्तचर निकाय डिएमआइ (डिरोट्रेक्ट अफ मिलिटरी इन्टेलिजेन्स) ले तयार पारेको हो ।
‘भारतीय एजेन्ट’मा पूर्वप्रधानमन्त्रीदेखि कवि र गायकसम्मका नाम समेटिएका छन् । तर यो सुची भने २०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा तयार गरिएको हो । ६२÷६३ सालको जनआन्दोलनको केही वर्षअघि यो सुची तयार गरिरहँदा नेपालमा माओवादी द्वन्द चर्किएको थियो । साथै तात्कालिन राजा ज्ञानेन्द्रले शाही कु मार्फत् राज्य चलाइरहेका थिए । 
राजनीतिक दलहरुसँगै पत्रकारदेखि कलाकारहरुसमेत कु को विरोधमा थिए । राजाको कदमको विरोधमा रहेकाहरुलाई पूर्वाग्रहपूर्ण तरिकाले सुचीमा समेटिएको दावी गरिएको छ । पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, सूर्यबहादुर थापासम्मलाई ‘भारतीय एजेन्ट’का रुपमा औंल्याइएको छ । भारतीय ऐजेन्टको सुचीमा जिल्लागत विभिन्न व्यक्तिको नामको सुची नै तयार गरिएको छ । हेरौं, सेनाले भारतीय ऐजेन्टहरुको सुचीमा राखेका सुनसरी, मोरंग र झापाका व्यक्तिहरुको नामावली 

सुनसरी:-
विजयकुमार गच्छदार => पूर्वमन्त्री – नेपाली कांग्रेस प्रजातान्त्रिक
आनदन्द आचार्य => मानवअधिकारवादी - नेपाली कांग्रेस
भीष्म आचार्य => एमाले
नरेन्द्र चौधरी => राप्रपा
गोपाल कोइराला => राप्रपा
हेमनारायण चौधरी => नेपाली कांग्रेस
गिरिराज आचार्य => पत्रकार – नेपाली कांग्रेस
रामबहादुर बस्नेत => सभापति - नेपाली कांग्रेस
नरेन्द्र खनाल => पत्रकार - राप्रपा
हरिहर कोइराला=> पत्रकार - राप्रपा
धरणीधर दाहाल => एमाले
लक्ष्मण मेहता => नेपाली कांग्रेस प्रजातान्त्रिक
हरि बास्तोला => नेपाली कांग्रेस प्रजातान्त्रिक
अमरकुमार गौली => नेपाली कांग्रेस
देवनारायण चौधरी => नेपाली कांग्रेस प्रजातान्त्रिक
जगदीश कुशियत => एमाले
गोपाल सुवेदी => नेपाली कांग्रेस

मोरङ:-
गिरिजाप्रसाद कोइराला => पूर्व प्रधानमन्त्री - नेपाली कांग्रेस
भरतमोहन अधिकारी => पूर्व मन्त्री- एमाले
शैलजा आचार्य => पूर्व उपप्रधानमन्त्री - नेपाली कांग्रेस
बद्रीप्रसाद मण्डल => पूर्व उपप्रधानमन्त्री – सद्भावना
हरिनारायण चौधरी => नेपाली कांग्रेस
आमोदप्रसाद उपाध्याय => पूर्वमन्त्री - नेपाली कांग्रेस
राधाप्रसाद घिमिरे => राप्रपा
पण्डित मेघराज उपध्याय => राप्रपा
डा शेखर कोइराला => उपकुलपति – विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रल्हाद साह => राप्रपा
केदार कोइराला => राप्रपा
गोपाल सुवेदी => राप्रपा
केशबहादुर कार्की => राप्रपा
सुरेन्द्रबहादुर बस्नेत => राप्रपा
लक्ष्मण बस्नेत => नेपाली कांग्रेस
बद्रीनारायण बस्नेत => पूर्वमन्त्री – स्वतन्त्र
डा उपेन्द्र कोइराला => क्याम्पस प्रमुख - एमाले
मदन कोइराला => प्रोफेसर - नेपाली कांग्रेस
लालबाबु पण्डित => पूर्व सांसद - एमाले 
सुशील प्याकुरेल => मानवअधिकारवादी - एमाले

झापा:-
राधाकृष्ण मैनाली => एमाले
डिल्ली सिटौला => नेपाली कांग्रेस प्रजातान्त्रिक
कृष्ण सिटौला => संगठन विभाग प्रमुख- नेपाली कांग्रेस
खगेन्द्र सिटौला => नेपाली कांग्रेस
सच्चिदानन्द सिटौला => कर्मचारी एआइझी सचेतता केन्द्र 
भक्ति सिटौला  =>नेविसंघ
रामबाबु प्रसाईं  => नेपाली कांग्रेस
सुधीर सिवाकोटी  => सभापति, नेपाली कांग्रेस
गोपाल बस्नेत  => सचिव नेपाली कांग्रेस प्रजातान्त्रिक
मनकुमार गौतम  => नेपाली कांग्रेस प्रजातान्त्रिक
खड्गप्रसाद ओली  => एमाले
युक्त भेटवा  => एमाले 
नारायणसिंह राजवंशी  => एमाले
भारतेन्द्र मल्लिक => सद्भावना
नकुल सिलवाल  => पत्रकार
मदन ढकाल
रविन कोइराला  => एमाले
चन्द्र भण्डारी  => पत्रकार- एमाले
यमप्रसाद भण्डारी  => नेपाली कांग्रेस
वीरमणि ढकाल  => नेपाली कांग्रेस
डा गोपाल कोइराला =>  नेपाली कांग्रेस
डा तुलसी भट्टराई  => साहित्यकार - नेपाली कांग्रेस
मीनप्रसाद खतिवडा  => नेपाली कांग्रेस प्रजातान्त्रिक
चक्रप्रसाद बाँस्तोला  => नेपाली कांग्रेस
देवीप्रसाद बाँस्तोला  => पूर्व कर्मचारी
ओमप्रसाद सरावगी  => व्यापारी, नेपाली कांग्रेस
बुधकरण अग्रवाल  => उद्योगपति - नेपाली कांग्रेस
हेम गिरी  => नेपाली कांग्रेस
प्रकासचन्द्र मुखिया  => राप्रपा
टंकनाथ धमला  => राप्रपा
दिलिप राई  => राप्रपा
दवीरमण भट्टराई  =>राप्रपा