​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिलाई प्रहरीमा बुझाउने

Newslaya Home

​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिलाई प्रहरीमा बुझाउने

सोमबार १९, भदौ २०७४

इटहरी । नेपाली इतिहासमै पहिलो पटक गरिएको ठुलो गायन रियालिटी शो ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गरेको छ । 
अन्तर्रा्ष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह ‘नेपाल आइडल’ आयोजकले फेसबुकमा सबैलाई आग्रह गरेको छ । 
शुक्रबार भएको कार्यक्रममा चार मध्ये एक प्रतियोगी बाहिरिनु पर्ने हो । तर निर्णायकहरुले आफुहरुको शक्ति भन्दै यस पटक कोही आउट नहुने घोषणा गरेपछि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको जनाएको छ ।
गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै गुनासो आएको भन्दै  आगामी हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको आयोजकले जनाएको छ ।
नेपाल आइडलको  शोमा कुनै पनि मनोमानी नभएको र आफूलाई कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको पनि कम्पनीले  दाबी गरेको छ ।   
‘नेपाल आइडल’ले फेसबुकमा गरेको आग्रहः–