​तीन सय ६५ जना गायक–गायिकाको ‘मिलनकोली’

Newslaya Home

​तीन सय ६५ जना गायक–गायिकाको ‘मिलनकोली’

सोमबार १९, भदौ २०७४

विश्वमै पहिलो पटक तीन सय ६५ जना  गायक–गायिकाको संयुक्त रुपमा गाएको ‘मिलनकोली’ नामक गीत सार्वजनिक भएको छ । नेपाली गायक–गायिकाले नयाँ रेकर्ड बनाएको उक्त गीत राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक गरेकी हुन् । 
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवी माधवप्रसाद घिमिरे लगायतको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको थियो । वातावरणसम्बन्धी चेतनामूलक गीतमा राष्ट्रकवी घिमिरेदेखि नेपालका ख्याती प्राप्त गायक गायिका एवम् संगीतकर्मीको समेत स्वर रहेको छ । 
उक्त गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेष्ठ ६ गते रेडियो नेपालको स्टूडियोमा एकैदिनमा रेकर्ड गरिएको थियो । गीतमा शब्द तथा संगीत निपेश ढाकाले दिएका छन् 
यो गीतले गिनिज बुकमा नयाँ रेकर्ड कायम गर्न सक्ने गीतकारको दाबी छ ।