​एम्सको मिस्टर एण्ड मिस फ्रेसर उपाधि जोमन र प्रतिमालाई

Newslaya Home

​एम्सको मिस्टर एण्ड मिस फ्रेसर उपाधि जोमन र प्रतिमालाई

आइतबार १८, भदौ २०७४

इटहरी । धरानस्थित एम्स एकेडेमीअन्तरगत आयोजित चौथो मिस्टर एण्ड मिस फ्रेसरको उपाधि जोमन राइ र प्रतिमा राइले जितेका छन् । कक्षा ११ मा अध्ययनरत विद्यार्थीबीच गरिएको प्रतिष्पर्धामा उनीहरुले उपाधि जितेका हुन् । 
एसइइ उतिर्ण भइ ११ मा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा उजागार गर्ने साथै अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । उनीहरुले उपाधि सँगै तीन महिनाको छात्रवृत्ति समेत पाएका छन् । छात्रा तर्फ भएको मिस फ्रेसरमा फष्ट रनरअप सोनु मगर भइन । त्यसै गरी सेकेण्ड रनरअप सरिना राइ घोषित भइन् ।
छात्र तर्फको मिस्टर फ्रेसरमा सुशान्त राइ फष्ट रनरअप र निलेश विष्ट सेकेण्ड रनरअप घोषित भए । मिस्टर र मिस फ्रेसर सँगै वेष्ट डिसिप्लेन, ट्यालेन्ट अवार्ड, पर्सनालिटि अवार्ड, फ्रेण्डशिप, पब्लिकलगायतका विभिन्न अवार्ड प्रदान गरिएको थियो । प्रतियोगितामा विग इभेन्ट नेपाल प्रालिका निर्देशक दोर्पध्वज राइ, मिस टिन २०१५ कि फष्ट रनरअप एलिसा लिम्बु र फोटोपत्रकार विकास राइ निर्णायक रहेका थिए । अडिसनमा ५६ जनाले भाग लिएकोमा ११÷११ जना विद्यार्थीहरु फाइनलका लागि छनौट भएका थिए ।