​दिनेश कोइराला अभिनित ‘मैले सुने तिम्रो खबर’को भिडियो सार्वजनिक

Newslaya Home

​दिनेश कोइराला अभिनित ‘मैले सुने तिम्रो खबर’को भिडियो सार्वजनिक

आइतबार १८, भदौ २०७४

इटहरी । इटहरीबाट आफ्नो संगित तथा कलाकारिता यात्रा सुरु गरेका दिनेश कोइरालाको अभिनय रहेको ‘मैले सुने तिम्रो खबर’ बोलको भिडियो सार्वजनिक भएको छ । सागर क्षितिजको शब्दमा रहेको सो गितमा चर्चित गायिका मेलिना राइको स्वर रहेको छ । भिडियोलाई सरोज के.सी.ले निर्देशन गरेकाछन् । 

खेम विश्वकर्माले संगित दिएको सो गित माया प्रेमले भरिएको बताइएको छ । भिडियोमा कलाकार दिनेश कोइराला, जुना प्रसाई, निस क्षेत्री रहेका छन् । कोशी भिजन प्रा.लि.ले निर्माण गरेको भिडियोलाई सुमन योञ्जनलले खिचेका हुन् । युट्युब मार्फत सार्वजनिक गरिएको सो भिडियो सुनसरी, मोरङ र धनकुटाका विभिन्न ठाउँमा खिचिएको कलाकार कोइरालाले जानकारी दिए । राष्ट्रिय स्तरका सञ्चारमाध्यम र युट्युबमार्फत एक साथ भिडियो सार्वजनिक गरिएको हो । 

1 प्रतिकृयाहरू प्राप्त
  • dinesh koiralaलेख्नुहुन्छ
  • |
  • आइतबार १८, भदौ २०७४
newsyalaya online news is the best and superdynamic news,,