​विराटनगरमा घुम्नै पर्ने १० ठाउँ यस्ता छन् (भिडियो)

Newslaya Home

​विराटनगरमा घुम्नै पर्ने १० ठाउँ यस्ता छन् (भिडियो)

आइतबार १८, भदौ २०७४

इटहरी । प्रदेश नम्बर १ को मुख्य शहरको रुपमा रहेको विराटनगर उपमहानगरपालिकामा घुम्नै पर्ने १० स्थानको दृश्य समेटिएको ट्राभल भिडियो निर्माण भएको छ । विभिन्न ठाउँका पर्यटकिय स्थानहरुलाई समेटेर ट्राभल भिडियो बनाउँदै आएको इस्ट नेपाल टुर नामक युट्युब च्यानलले शनिबार विराटनगरको भिडियो सार्वजनिक गरेको छ ।
युट्वुब च्यानलको लागी बनेको सो भिडियोमा विराटनगरको वेलकम गेट, गोपाल गार्डेन तथा एक्वा पार्क, विमानस्थल, प्राचिन विराट राजाको दरबार क्षेत्र लगायतका गन्तव्यहरु समेटिएको छ । 

भिडियोमा विराटनगरमा रहेको पुर्वकै पहिलो थिएटर गुरुकुल, विश्वको दोश्रो ठुलो रथयात्रा गराउने मन्दिर को रुपमा परिचित राधाकृष्ण मन्दिर, एभरेस्ट साइन्स सेन्टर भनिने चन्द्रमाका चट्टान राखिएको तथा चन्द्रमा पुगेका बज एल्ड्रिन सम्मले भ्रमण गरेको शान्ति वन क्षेत्रलाइ भिडियोमा राखिएको छ । भिडियो निर्माण गर्ने मध्येका एक परिकल्पनाकार विराट अनुपमका अनुसार विराटनर नजिकै झोराहाटको नाट्य घर पनि यो भिडियोमा घुम्नुपर्ने विराटनगरका दश स्थानमै समेटिएको छ ।

पूर्वको पुरानो र सबैभन्दा ठुलो शहर आँउने स्वदेशी तथा विदेशीहरुलाइ घुम्ने स्थलहरुको जानकारीको उपस्थिती इन्टरनेटमा जनाउन भिडियो निर्माण गरिएको अनुपम बताउँछन् । ‘टेन थिंग्स टु डु इन विराटनगर’ र  ‘विराटनगर टुरिजम’को नाममा युट्युवमा शनिबार हालिएको छ । 
विराटनगरको जानकारी खोज्ने र विराटनगरमा घुम्न चाहाने विदेशिहरुलाई लिक्षत गरि सामान्य यात्रा विवरण दिनलाइ अंग्रेजी सब टाइटल हालिएको भिडियोमा देखिएका इटहरीका पत्रकार यात्री शेखरले बताए । यस अघि पन िपुर्वका दुइटा उपमहानगरपालीकाहरु धरान र इटहरीको पनि यस्तै भिडियोहरु निर्माण गरेर इष्ट नेपाल टुरले युट्युबमा हालिसकेको छ । 

 भिडियो