​यस्तो बन्यो ‘छक्का पञ्जा-२’ को पहिलो पोस्टर

Newslaya Home

​यस्तो बन्यो ‘छक्का पञ्जा-२’ को पहिलो पोस्टर

शनिबार १७, भदौ २०७४

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा-२’ को पोस्टर शुक्रबार फेसबुक मार्फत सार्वजनिक भएको छ । फिल्मका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो फेसबुकबाट अफिसियल पोस्टर सार्वजनिक गरेका हुन् । 
उक्त पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु देखिन्छन् । चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत,  जितु नेपाल, केदार घिमिरे, स्वरूपपुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।
यस अघि सार्वजनिक गरिएको दुवै गितले राम्रै चर्चा बटुलेको छ । बहुप्रतिक्षित चलचित्रको रुपमा लिएको छक्का पञ्जा २ को ट्रेलर पनि छिट्टै नै सार्वजनिक गरिने बताइएको छ । दिपा श्री निरौलाको निर्देशन रहेको चलचित्र असोज ११ गतेदेखि प्रर्दशन हुदैछ ।  
त्यसैगरी, चलचित्रको ‘झ्याम्म झ्याम्म...’ बोलको गीतलाई पनि दर्शकले रुचाएको पाइएको छ । उक्त गीत अहिले युट्युबमा एक नम्बर ट्रेन्डिङमा छ । उक्त गीतमा हरिवंश आचार्य र आस्था राउतको स्वर रहेको छ ।