नेपाल आइडल फेरि बिवादमा, पैसाको चलखेल रहेको आरोप

Newslaya Home

नेपाल आइडल फेरि बिवादमा, पैसाको चलखेल रहेको आरोप

शनिबार १७, भदौ २०७४

इटहरी । नेपाली इतिहासमै पहिलो पटक गरिएको ठुलो गायन रियालिटी शो नेपाल आइडल फेरि विवादमा तानिएको छ । शुक्रबार भएको कार्यक्रममा चार मध्ये एक प्रतियोगी बाहिरिनु पर्ने हो । तर निर्णायकहरुले आफुहरुको शक्ति भन्दै यस पटक कोही आउट नहुने घोषणा गरे । छनौटको अन्तिम चरणमा आइपुग्दा आफुलाई मनपर्ने प्रतियोगीहरुलाई भोट दिएका दर्शकहरु नमज्जाले झुक्किएका छन् ।

३७ लाख बढी भोट दिएका दर्शकहरुले निर्णायकहरुको यस्तो निर्णय सुनेसँगै आक्रोस व्यक्त गरेका छन् । सामाजिक सञ्जाल भरी अहिले नेपाल आइडलमा पछिल्लो पल्ट गरिएको निर्णयको विरोध हुन थालेको छ । कसैले अन्तिम समयमा शक्तिको नाममा यस्तो निर्णय गर्न नहुने तर्क राखेका छन् भने कतिपयले एसएमएसको माध्यमबाट कमाउने धन्दाको रुपमा यस्तो निर्णय गरिएको आरोप लगाएका छन् । 

सामाजिक सञ्जालमा नै एसएमएसबाट प्राप्त हुने हिसाब समेत देखाएका नेपाली दर्शकहरुले फेरि अर्को हप्ता एसएमएस मागेर कमाउने सोच आयोजकको रहेको अधिकांशले विचार राखेका छन् । यसरी पुन समय थप गरेर भोट माग्नु गरिब प्रतियोगितलाई बाहिर पार्ने उपाय भएको भन्दै आइडल प्रति विश्वास टुटेको दर्शकहरु बताउँछन् । पटक पटक विदादमा तानिएको यस रियालिटी शोप्रति फेरि पनि दर्शकहरुको आशा र विश्वास मरेको छ । धेरैले यतीबेला सामाजिक सञ्जालमा नै निर्णायकहरुलाई मन पर्ने प्रतियोगीको कम भोट आएकाले समय बढाएको हुने सक्ने अनुमान समेत लगाउन थालेका छन् । 

दुइ साता अघि कार्यक्रममा अतिथीको रुपमा आएका रामकृष्ण ढकालले राखेको विचार प्रति पनि चौतर्फी बिरोध गएको थियो । एपि वान बाट प्रशारणहुने रियालिटि शोको फाइनल असोज ६ गते कतारमा हुने बताइएको छ ।
-आर.बी.कटवाल