को बाहिरियो आज नेपाल आइडलबाट ?

Newslaya Home

को बाहिरियो आज नेपाल आइडलबाट ?

शनिबार १७, भदौ २०७४

काठमाडौ । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का शिर्ष चार प्रतिस्पर्धीले बिहिबार र शुक्रबार आफ्नो प्रस्तुति दिएका छन् । शुक्रबारको इलिमिनेशन राउण्ड मा कोहि पनि प्रतिस्पर्धी बाहिरिएका छैनन् ।यो साता एक जना प्रतिष्पर्धी बाहिरिने भएपनि जजहरुले हस्तक्षेप गरेका हुन् । 'डिजर्भ गर्नेले नै जित्नु पर्छ' भन्दै जजले यो साता कसैलाई बाहिर नपठाउने बताएका थिए ।असोज ६ गते हुने फाइनल नजिकिदै गर्दा फाइनल पुग्ने एक अवसर चार जना प्रतिस्पर्धीको लागि मिलेको छ ।नेपाल आइडलको शिर्ष चारमा बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र सागर आले रहेका छन् । आजको कार्यक्रममा निश्चल बस्नेत र आशिफ शाह अतिथिको रुपमा पुगेका थिए ।