​इटहरीमा शनिबार अमेरिका–नेपाल साँस्कृतिक मेला

Newslaya Home

​इटहरीमा शनिबार अमेरिका–नेपाल साँस्कृतिक मेला

शुक्रबार १६, भदौ २०७४

इटहरी । नेपाल–अमेरिकाको कुटनीतिक साइनो गाँसिएको ७० वर्षको अवसरमा इटहरीमा शनिबार साँस्कृतिक कार्यक्रम हुँदैछ । 
राजधानीबाहिर पोखरामा गरिएको यस्तो कार्यक्रम पूर्वमा इटहरीमा आयोजना हुँदैछ । अमेरिकी दूतावासले यसलाई सांस्कृतिक मेला नाम दिएको छ । 
संगीत साधना प्रतिष्ठानको स्थानीय संयोजनमा हुने उक्त सांस्कृतिक मेला इटहरीस्थित जनता माविको प्रांगणमा गरिँदैछ । मेलामा अघिल्लो पटकको नेपाल आइडलकी सहभागि सन्ध्या जोशीसँगै एक्स बेन्ड, नेक्सस बेन्ड, द केनरी बेन्डजस्ता बेन्डले सांगीतिक प्रस्तुति दिनेछन् । 
मेलामा बुक बस, बास्केटबल खेल, बालबच्चाका खेल, शिक्षा सूचना केन्द्र, खाद्य स्टललगायत आकर्षण रहने स्थानीय आयोजक संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले बताए । 
प्रवेश निःशुल्क रहेको मेलाले नेपालका सर्वसाधारणसँग अमेरिकाले सम्बन्ध आत्मिय र प्रगाढ बनाउने केसीले बताए ।