समर टिप्सः कस्तो पहिरन लगाउने ?

Newslaya Home

समर टिप्सः कस्तो पहिरन लगाउने ?

मङ्गलबार १७, साउन २०७४

दिनहुँ तापमान बढ्दैछ । जति गर्मी बढ्यो, उत्तिनै आफ्नो लुगा बोझिलो लाग्छ । पसिना र धूलो धुँवाले शरीरमा गन्ध आउन थाल्छ । यावत् समस्याबाट कसरी पार पाउने ? कस्तो पहिरन लगाउने ? कसरी कुल देखिने  ? केही टिप्स उपयोगी हुनसक्छ :

  • यो बसन्त ऋतुको मौसम पनि हो । यतिबेला चारैतिर हरियाली हुन्छ । प्रकृतिको यस्तो पृष्टभूमीमा कम्बिनेसन मिलाउन कलरफुल पहिरन उपयोगी हुन्छ ।
  • ब्राइट कलर उपयुक्त हुन्छ । यसले घामको किरणलाई परावर्तन गरेर सितलता प्रदान गर्छ ।
  • फिटिङ्स लुगा लगाउनु हुन्न । लुज पहिरनले सुहाउदो र ट्रेन्डी देखिन्छ ।
  • पसिनाको दुश्प्रभावबाट बच्न सुतीको पहिरन उपयोगी हुन्छ ।
  • सरसफाईमा बिशेष ध्यान दिनुपर्छ । प्रत्येक दिन चिसो एवं सफा पानीले नुहाउने ।
  • केस तथा दाह्री जुँगा संभव भएसम्म छोट्याउने ।

छाला र केसको सौन्दर्य जोगाउन

  • केस, अनुहार तथा हात, खुट्टाको छाला जोगाउनुपर्छ ।
  • गर्मीमा घर वाहिर निस्कनुअघि लुगाले नछोप्ने खुला भागमा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।
  • सकेसम्म पुरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ । सनग्लासको प्रयोगले आँखाको सुरक्षा त गर्छ नै फेसनेवल पनि देखाउँछ ।
  • घर वाहिर हिँडडुल गर्दा छाता ओड्नु पर्छ ।

यसरी रहने फिट एन्ड फाइन

  • गर्मीमा धेरै पसिना आउने भएकाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यसैले पर्याप्त पानी पिउनुपर्छ । मौसमी फल र ताजा सलादको सेवन पनि लाभयदाक मानिन्छ ।
  • यस सिजनमा खानेकुराहरु चाडै सड्छ । यसरी सडेगलेको, बासी खानेकुराको सेवनवाट वच्नुपर्छ । गर्मीमा खानेकुराहरु सजिलै पच्न सक्दैन, त्यसैले सुपाच्य, फाइबरयुक्त खानेकुराको सेवन उपयुक्त हुन्छ ।
  • संभव भएसम्म घर वाहिरको खानेकुरा नखानु राम्रो हुन्छ ।