५ किलोको टयुमर

Newslaya Home

५ किलोको टयुमर

मङ्गलबार १७, साउन २०७४

बारा पुरैनियाकी १४ वर्षीया कविताको डिम्बाशयमा ५ किलोको ट्युमर भेटिएको छ । बुधबार वीरगन्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा १ घण्टा १५ मिनेटको लामो शल्यक्रिया पछि उक्त ट्युमर निकालिएको हो ।
पहिलो पटक यस्तो जटिल शल्यक्रिया गरिएको अस्पतालका स्त्रीरोग विभाग प्रमुख डा.जगतदीप प्रसादले बताए । ३ वर्षदेखि ट्युमर रहेको र पछिल्लो एक महिनायता बढेको कविताका बुबा रामनाथ साहले बताए ।
खाना खान नसक्ने, अपच हुने, दिसापिसाब गर्न समस्या हुने, पेट दुख्ने लगायतका समस्या भएको र भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा ट्युमरको यकिन भएको साहले बताए ।
वीरगन्जमै ट्युमरको शल्यक्रिया सम्भव भएको थाहा पाएपछि कबितालाई पनि ल्याएको साहले बताए । चिकित्सक प्रसादले बालिकाको शरीरमा एक खाले क्यान्सर भइसकेको र ट्युमर हटाएपछि क्यान्सर पनि निर्मूल भएको बताए ।