सुनसरीमा हात्ती पाईले रोगकाे अाैषधी खुवाउने

Newslaya Home

सुनसरीमा हात्ती पाईले रोगकाे अाैषधी खुवाउने

मङ्गलबार १७, साउन २०७४

सुनसरी  जिल्लामा हात्ती पाईले रोग विरुद्धको औषधि वितरण गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयसुनसरीले जनाएको छ ।

जिल्लाको कुल जनसङ्ख्या ८ लाख १९ हजार ५सय ९१ रहेकोमा बालबालिका गर्भवती र ७० बर्षमाथि उमेर समुहका बाहेक ७ लाख ७० हजार २७ जनालाई हात्ती पाईले रोग विरुद्धको औषधि वितरण गर्र्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतमले जानकारी दिए ।

सुनसरी जिल्लामा हाल सम्म कति जनामा हात्तिपाईले रोग छ कतिजनाले हात्ती पाइले को उपचार गराईरहेका छन भन्ने विषयमा जिल्ला स्वास्थ्य कार्यालमा कुनै तथ्यांक नरहेको पाईएको छ । २ उपमहानगरपालिका ४ नगरपालिका र ६ गाउँपालिकामा बसोवास गर्ने सबैलाई हात्ती पाईले विरुद्धको औषधि उपलब्ध गराउनका लागि ३ हजार ५ सय २५ जना स्वास्थ्यकर्मी, स्वयम सेविकाहरु परिचालित गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पत्रकार सम्मेलनमा हात्ती पाईले रोगको सङ्क्रमण र त्यसबाट बच्न सकिने उपाय, रोग लाग्नबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीका विषयमा जिल्ला अस्पतालका डा. सुवास बस्नेतले जानकारी गराएका थिए । औषधि वितरणको ६ बर्षे अभियानका क्रममा अहिले अन्तिम बर्षको अभियान चलिरहेको अर्का डा. प्रेम कुमार दासले बताए ।