विश्व क्षयरोग दिवस, कार्यक्रम हुँदै

Newslaya Home

विश्व क्षयरोग दिवस, कार्यक्रम हुँदै

मङ्गलबार १७, साउन २०७४

काठमाडौ–आज विश्व क्षयरोग दिवस, नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रम हुदै छ ।  विश्वभर यो दिवस हरेक वर्ष मार्च २४ तारिखका दिन मनाउने गरिन्छ । क्षयरोग माईको ब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो ।
श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो यो रोग लाग्ने गर्छ । क्षयरोगी व्याक्तिले समयमा औषधि सेवन नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने चिकित्सकहरु बताउँछन् ।
क्षयरोगीले नियमित रुपमा औसधी नखाएमा कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना रहेको क्षयरोग विशेसज्ञहरुले बताए ।