हावा चल्ने समयमा ध्यनदिनुपर्ने कुराहरु

Newslaya Home

हावा चल्ने समयमा ध्यनदिनुपर्ने कुराहरु

मङ्गलबार १७, साउन २०७४

अहिले जताततै धुवाँधुलो बढेको छ । धुलोले वातावरणलाई त असर पार्छ नै । मानिसको स्वास्थ्य पनि जोखिममा परेको छ । धुवाँ धुलोले मानीसको आँखालाई सबैभदा  बढि असर गर्छ । आँखाको परेलामा धुलो टाँसिने र त्यसले इन्फेक्सन गराउने गर्दछ । आँखाको किनारामा धुलो टाँसिदा आँखा सुनिने सम्भावना बडी हुन्छ । धुलोले आँखाको बाहिरी भागको पातलो झिल्लीमा मासु पलाउने समस्या पनि देखिने गरेको छ । सूर्यको हनिकारक किरण र धुलोका कारण आँखामा मासु पलाउने समस्या देखा परेको छ । यो धेरै मानिसमा देखा पर्ने गरेको छ । धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले आम नागरिकको समस्या रुपमा आएको छ ।
अस्पतालमा आउने धेरै बिरामीमा आँखा चिलाउने तथा विझाउने समस्या पाइएको छ । धुलोका कणले आँखा रातो हुने, चिलाउने, सुनिने र यसले आँखा सुख्खा पनि हुने गरेको पाईन्छ धुलोले आँखामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गर्ने गर्दछ । एलर्जी भएको ठाउँमा व्याक्टेरियल संक्रमण हुने संभाव रहेको छ । धुलोका कारण आँसु बग्ने आँखाको ग्रन्थीले काम नगर्ने वा कम काम गर्ने र आँसु राम्रोसँग नबग्ने आँखामा संक्रमण हुने गरेको छ । आँसु निकाल्ने ग्रन्थीको प्वाल धुलोले बन्द हुँदा यस्तो समस्या देखा पर्ने गर्दछ ।
धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निक्लने गरेको छ ।

कसरी आँखालाई धुलो बाट जोगाउने

घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ । दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय समयमा जाँच गराउनु आवश्यक हुन्छ ।
कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको पाइएको छ । आँखामा सुख्खापन भएर उपचार गराउनु भन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ । धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चस्मा लगाउनु पर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपाय को रुपमा चस्मालाई लिने गरीन्छ ।