खेतियोग्य जमिन साँघुरीने क्रम बढ्दै

Newslaya Home

खेतियोग्य जमिन साँघुरीने क्रम बढ्दै

मङ्गलबार १७, साउन २०७४

जनसंख्याको वृद्धि दिनहुदिन वृद्धिको क्रममा छ । तर खेति योग्य जमिनहरु बढेको छैन । पछिल्लो समयमा शहरी विकास तीव्र रुपमा भइरहेकाले दिन प्रतिदिन खेतीयोग्य जमिनहरु साँघुरिने क्रम बढ्दै गइरहेको छ । आधुनिकीकरणसँगै वृद्धि भएको जनसंख्याको माग पुरा गर्न र बढी उब्जनी गर्न आधुनिक कृषिको नाममा व्यापक मात्रामा रसायनिक मलको प्रयोग भईरहेको छ । क्षणिक उब्जनीमा वृद्धि भएपनि माटोको उर्वरा शक्तिमा क्रमशः ह्रास आउने कृषि विज्ञहरु बताउँछन् ।
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यलगायत सम्पूर्ण जिवहरुमासमेत असर परेको छ । तर पनि कृषकहरुले खेतबारीमा रासायनिक मलको प्रयोग तीव्र्र रुपमा गरिरहेका छन् । प्रत्येक वर्ष मलको डोज बढाएर हाल्ने गरेको पाइन्छ । रासायनिक मलले क्षणिक रुपमा राम्रो उत्पादन दिएपनि दीर्घकालिन रुपमा भने माटोको उर्वरा शक्तिलाई नै घटाउँछ । त्यसैले दिगो उत्पादनका लागि रासायनिक मलको प्रयोग घटाउनु आवश्यक भईसकेको छ ।
अझै हामी दिनहुँ प्रयोग गर्ने सागपात र तरकारी उब्जाउनका लागि कृषकहरुले बेमौसमी उत्पादनको नाममा विभिन्न रासायनिक मल र विषादी अत्याधिक रुपमा प्रयोग गर्ने गर्दछौ । जसले गर्दा एकातिर हामीले सोभैm विष सेवन गरिरहेको अवस्था छ भने अर्काेतर्फ यसको प्रयोगले विरुवामा लागेका किरा मात्रै नष्ट नभइ वातावरणका मानवोपयोगी विरुवा तथा जिव प्राणीसमेत नष्ट हुने गरेका छन् ।

रासायनिक मलले क्षणिक रुपमा राम्रो उत्पादन दिएपनि दीर्घकालिन रुपमा भने माटोको उर्वरा शक्तिलाई नै घटाउँछ । त्यसैले दिगो उत्पादनका लागि रासायनिक मलको प्रयोग घटाउनु आवश्यक भईसकेको छ ।

रासायनिक मलले माटोको उर्वराशक्ति ह्रास हुँदै जाने, माटोको भौतिक संरचना खलबलिने, माटो कडा हुन गई हावा र पानीको मात्रा कमी हुने, माटोको रासायनिक गुणमा परिवर्तन भई अम्लिय र क्षारियपनामा वृद्धि पोषक तत्वमा कमि हुँदै जाने र बोटविरुवाहरुले लिन नसक्नुका साथै हावा-पानी लगायत जैविक विविधता र सामाजिक, आर्थिक क्षेत्रमासमेत असर पर्दै गइरहेको वातावरणविद्हरुले बताउँदै आएकाछन् ।
रासायनिक मलखाद र विषादीको प्रयोगले परागसेचनमा सहयोग पु¥याउने मौरी तथा पुतली, किरा, फट्याङ्गा र विउहरुलाई एक ठाउँबाट अर्काे ठाउँसम्म पु¥याउने चराचुरुङ्गी तथा माटो खाई जैविक मल उत्पादन गर्ने गड्यौला जस्ता अन्य किराहरु नष्ट हुन गई दिर्घकालिन असर पर्ने गरेको छ ।
विश्वका प्राय: विकसित देशहरुले आधुनिक कृषि पद्धति अपनाइ बढ्दो जनसंख्याको खाद्यान्न माग आपूर्ति गरिरहे पनि आधुनिक खेति प्रणालीमा प्रयोग गरिएका रासायनिक मल विषादी र विभिन्न प्रकारका रासायनहरुको असरले गर्दा मानवलगायत सम्पूर्ण प्राणी जगतको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । त्यसैले खेति प्रणालीमा सुधार ल्याइ जैविक खेति अपनाउनुपर्ने बेला आएको छ ।
यसका लागी स्थानीय रुपमा खेर गइरहेका फोहोरहरु जलकुम्भी झार खरानी, हाड झारपात, गाईभैँसी लगायत चौपायहरुको मलमुत्र, सोतर, पराल, स्याउला, पातपतिङ्गर र अन्य सड्ने तथा गल्ने वस्तहरुलाई एकै ठाउँमा जम्मा गर्न सकिन्छ । यसरी जम्मा गरी कुहाएर तयार पारिएका कम्पोष्ट मलको प्रयोग गर्नाले वातावरण स्वच्छ हुनुका साथै उत्पादनमा समेत वृद्धि हुन्छ । आर्थीक हिसावले समेत रासायिनिक मलभन्दा घरगाउँमै बनाएको कम्पोष्ट मल सस्तो पर्न जान्छ ।
तुलनात्मक रुपमा समेत कम्पोष्ट मल भन्दा रासायनिक मल महँगो छ । अहिलेको भाउमा रासनिक मल डिएपि किन्न ५० केजीको लागी दुई हजार चार सय खर्चिनुु पर्छ, एक ट्रयाक्टर कम्पोष्ट(गोठे) मल तीन हजार देखी चारहजार सम्ममा पाउन सकिन्छ । तर यसको प्रयोगमा कमी आएकैैले गर्दा खेती योग्य जमिन विग्रदो अवस्थामा छ ।

आफ्नै वरिपरि खेर गइरहेका स्रोत साधनहरुबाट तयार गर्न सकिने मल भएको हुँदा विशेषत ग्रामिण क्षेत्रमा प्राङ्गगारिक मलबाट ठुलो फाइदा पुग्ने देखिन्छ । गड्यौला मलको उत्पादन र प्रयोगमा कृषकहरुलाई अझै आकर्षित गर्न सके स्थानीय स्तरमै उत्पादन गर्न सकिन्छ ।

बोटविरुवाहरुको वृद्धि विकासका लागी आवश्यक पर्ने १६ तत्वहरु कार्वन, हाइड्रोजन, अक्सिजन, फस्फोरस, नाइट्रोजन, क्याल्सियम, पोटास, सल्फर, बोरन, कपर म्याग्नेजिन, म्याग्नेसियम, जिङ्क, आइरन, मोलिष्डेनम र क्लोरिन हुन् । कार्वन, हाइट्रोजन र अक्सिजन विरुवाले हावा तथा पानीबाट र अरु तत्वहरु माटोबाट लिन्छन् ।
माटोबाटै विरुवाहरुले खाना तयार गर्ने भएको हुँदा रासायनिक प्रक्रियाद्वारा बनाइएका अप्राङ्गारिक मल प्राङ्गगारिक मलको दाँजोमा विरुवाहरुलाई चाहिने खाद्यतत्वहरु बढी मात्रामा हुन्छ । यसको प्रयोगमा कमि भएमा चाँडै माटोलाई बिगार्ने, माटोमा चिस्यान र सोच्न सक्ने क्षमता कम गराउने भएकाले माटोको गुणस्तर विग्रिएर जान्छ । तर प्राङ्गरिक मल प्रयोग गरिएको माटोमा पानी थाम्न सक्ने शक्ति हुन्छ र प्राङ्गगारिक मलले आफ्नो ओजन जत्तिकै पानी सोस्न सक्ने हुन्छ ।
प्राङ्गगारिक मलले माटोको भौतिक, रासायनिक र जैविक अवस्था सुधार्नमा ठुलो मद्दत पु¥याउँदै आएको पाइन्छ । प्राङ्गगारिक मलले माटोको बनावटलाई राम्रो बनाउँछ । र साथै माटोको उर्वराशक्ति बढाउँछ भने माटोमा बोटविरुवाको लागि अति उपयोगी हुने जिवाणुहरुको गतिविधि बढाउँछ ।
माटोमा भएको अम्लियपनमा पनि सुधार ल्याउछ भने बोटविरुवालाई आवश्यक भन्दा बढि प्रयोग गरेपनि कुनै असर पु¥याउँदैन । आफ्नै वरिपरि खेर गइरहेका स्रोत साधनहरुबाट तयार गर्न सकिने मल भएको हुँदा विशेषत ग्रामिण क्षेत्रमा प्राङ्गगारिक मलबाट ठुलो फाइदा पुग्ने देखिन्छ । गड्यौला मलको उत्पादन र प्रयोगमा कृषकहरुलाई अझै आकर्षित गर्न सके स्थानीय स्तरमै उत्पादन गर्न सकिन्छ ।
विज्ञहरुकाअनुसार एउटा गाईबाट पाँच कुइन्टलसम्म गड्यौला मल उत्पादन गर्न सकिन्छ र प्रतिकठ्ठा दशदेखि १४ किलो भए पर्याप्त हुन्छ । प्रतिविघा २ सय ८० किलोका दरले हाले रासायनिक मलको आवश्यकता नपर्ने कृषि विज्ञहरु बताउँछन् ।

उक्त मल प्रयोग गरि उत्पादन गरिएका अन्न र तरकारी स्वास्थ्यका लागी अति नै राम्रो मानिन्छ । यो मलको प्रयोगले माटोको गुणस्तरसमेत राम्रो बनाइ उत्पादकत्व बढ्न जान्छ । बजारमा पाइने बग्रेल्ती रासायनिक मल र विषादीहरु पहिचान नै नगरी खेतबारीमा हाल्ने चलन अझै कायम नै छ । मानव स्वास्थ्य र वातावरणमा कतिको प्रभाव पारेको छ भन्नेतर्पm कसैको ध्यान जान सकेको देखिदैन । विषादी सम्पूर्ण प्राणीकै लागि हानिकारक भएपनि भरपर्दाे वैकल्पित उपायहरु नभएकै कारणले कहिलेकाही प्रयोग गर्नुपर्ने बाध्यता छ ।

दुःखको कुरो त यहाँ छ एउटा कृषि प्राविधिकले चार वटा गा.वि.स. हेर्दै आएका छन् । त्यसबाट पनि नेपालको कृषि विकासमा सरकारको नीति कति दयनिय छ, स्पष्ट हुन्छ ।

बजारमा बेच्नका लागि राखिएका कृषिमा प्रयोग गरिने विषादीहरुको मात्रा सोहि ढङ्गले मात्रा नमिलाई प्रयोग गर्नाले पनि विषादीको दुरुपयोग भइरहेको छ । नेपालमा १४ किसिमका विषादी प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । तर कृषकहरुलाई समेत जानकारी नभएकाले विषादीको अत्याधिक मात्रामा प्रयोग हुने गरेको पाइन्छ । तर वनस्पति विषादीको बारेमा प्रचार प्रसार र जानकारी नभएकै कारण यसको प्रयोगमा कमि देखिन्छ । नेपालमा विषादी ऐन २०४८ र विषादी नियमावली २०५० लागु भएपनि ति नियममा मात्रै छन् । विषादी प्राणघातक र जिवनाषक रासायनिक पदार्थ हो । यसलाई रासायनिक प्रक्रियाद्वारा तयार गरिन्छ । यसको असर लामो समयसम्म रहिरहने भएकाले मानव स्वास्थ्य र प्राणी जगतमै असर पु¥याइरहेको छ ।
विषादीको बढ्दो प्रयोगका कारण पछिल्लो समय केहि असरहरु देखिन थालिसकेका छन् । गाईभैँसीहरुमा प्रजनन् स्वास्थ्यमा समस्या भएकैले बाँझोपन देखिनु र मानव स्वास्थ्यमासमेत विभिन्न प्रकारका रोगहरु देखिन थालिसकेको छ । यसको विकल्प खोज्न न सम्बन्धित निकाय नै लागेको छ, न त उपभोक्ता किसानहरुले नै चासो राखेका छन् ।
कृषि क्षेत्रको विकासका लागि राज्यले समयमै नीति र योजना बनाएर बढ्दै गएको अनियन्त्रित मलखाद र विषादीको वैकल्पित समाधान तत्कालै खोज्नुपर्ने बेला आएको छ । सरकारको टालटुले नीतिका कारण कृषिप्रधान देश नाममा मात्र सिमित हुने अवस्था उत्पन्न भएको छ । कृषि प्रधान देशकै कृषकहरुले प्राविधिक ज्ञान पाउन नसक्दा निर्वाहमुखि कृषि प्रणाली भन्दा माथि कृषकहरु उठ्न सकेको अवस्था छैन । दुःखको कुरो त यहाँ छ एउटा कृषि प्राविधिकले चार वटा गा.वि.स. हेर्दै आएका छन् । त्यसबाट पनि नेपालको कृषि विकासमा सरकारको नीति कति दयनिय छ, स्पष्ट हुन्छ ।

जैविक खेति प्रणालीको उपयोग नहुन्जेलसम्म रासायनिक मल र विषादीको प्रयोग अझ तिव्र रुपमा बढेर जाने देखिन्छ ।

मलखाद र विषादीको बारेमा गाउँगाउँसम्म फाइदा र बेफाइदाको साथै प्रयोगको बारेमा समेत जानकारी गराउनुपर्ने देखिन्छ । जैविक प्राङगारिक मल र वनस्पति विषादीको बारे प्रचार प्रसारका साथै कृषकहरुलाई यसको उपयोगिताको बारेमा जानकारी गराउने अभियान नै चलाउनुपर्ने अवस्था छ । माटोको उर्वराशक्ति बढाउन आफ्नै स्रोत र साधनबाट बनाउन सकिने प्राङ्गगारिक मल बनाउने तरिका र प्रविधि गाउँघरको कुना कुनासम्म पु¥याउनुपर्ने देखिन्छ । रासायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै जैविक विषादी र मलको मात्रा बढाएर जैविक खेति प्रणालीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
जबसम्म कृषक र सम्बन्धित निकाय सजग हँुदैनन् तबसम्म जैविक खेति प्रणाली ओझेलमै पर्नेछ । जैविक खेति प्रणालीको उपयोग नहुन्जेलसम्म रासायनिक मल र विषादीको प्रयोग अझ तिव्र रुपमा बढेर जाने देखिन्छ । जैविक प्राङगारिक मलको प्रयोग बढे रासायनिक मलको माग कम भई भाउ समेत घट्दै जाने निश्चित छ ।