एमालेका लाल द्वारिकलाल

Newslaya Home

एमालेका लाल द्वारिकलाल

मङ्गलबार १७, साउन २०७४

इटहरी ।  चौधरी समुदायले आफूलाई एमाले नामको अभिजात पार्टीको सेवक भन्छन् र देब्रेकोणबाट आफूलाई थारु समुदायको जातीय सोचको संकीर्ण व्यक्ति भन्छन् । यसरी आफू दुईथरि आरोपको चेपुवामा परेको छु । तर आफू चाहिँ जबज अनुसार एमाले कार्यकर्ता रहेको दृढता पूर्वक उल्लेख गर्न चाहन्छु ।

द्वारिकलाल चौधरी
उक्त कुराहरु एमाले सुनसरी, जिल्ला समितिका अध्यक्ष तथा दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा एमाले पार्टीबाट इटहरी उपमहानगर पालिकाको मेयर पदका प्रभावशाली प्रत्यासी द्वारिकलाल चौधरीका हुन् । करीब एकवर्ष अघि नेपाल बुद्धिजीवी परिषद्,सुनसरीले आयोजना गरेको एक अन्तक्रिया कार्यक्रमको प्रमुख आतिथ्यको मन्तव्यका क्रममा चौधरीले अभिव्यक्त गरेका हुन् । यही जेठ २७ गते बसेको एमाले पार्टी स्थायी समितिको बैठकले चौधरीलाई इटहरीको मेयरमा सर्वसम्मत निर्णय गरेको थियो । हुन पनि एमाले पार्टी इटहरीमा मेयर सहित अरु अनेक पदमा महत्वाकांक्षीहरु प्रतिस्पधीहरु अरु पनि थिए जुनसुकै कार्यकर्ताले पार्टीमा काम गरेको एउटा खास अवधिपछि यसरी आकांक्षा राख्नु मनासिब हुन्छ । त्यसैले इटहरीको मेयर आकांक्षीहरु इटहरीको प्रथम नगरपिता तथा एमाले वरिष्ठ नेता सर्बध्वज साँवा थिए । साँवाको विगतको मेयर कार्यकालमा इटहरीको कायाकल्प नै भएको जनता बताउँछन् । मेयर पदका अर्का आकांक्षी पार्टी जिल्ला समितिका सदस्य,इटहरी नगर इन्चार्ज इटहरीका रैथाने बौद्धिक रामप्रसाद चौलागाईं पनि थिए । तर चौधरी यहाँको जनमत र जनसमुदायको प्रतिनिधित्वको हिसावले मात्रै होइन जिल्लाको हालको प्रथम नेतृत्वको हिसावले पनि मेयरमा चयन हुनु उपयुक्त थियो भन्छन्, एमाले कार्यकर्ताहरु ।
चौधरीका विचारहरु यस लेखकले पटकपटक सुनेको छ र त्यसबाट प्रभावित भएको छ । एक वषर्न अघिको बौद्धिक कार्यक्रममा चौधरीले एमाले पार्टीको जनताको बहुदलीय जनवाद सिद्धान्तको श्रेष्ठताको चर्चा गरेका थिए । उनले कम्युनिष्ट आचरण,नैतिकता,मूल्य र मान्यता विपरीतको नेतत्वका कारण आन्दोलन क्षतविक्षत हुने कुरा कम्पुचियाको खमेरुज शासनको उदाहरण दिँदै थिए । एमाले पार्टीमा सही सिद्धान्त भएको पार्टी हो भन्दै तदनुसारको पार्टी नेतृत्व नभए गम्भीर समस्या उत्पन्न हुने उनको आशय थियो । चौधरीले विकसित देशमा भन्दा विकासशील देशमा प्रगति,परिवर्तन गर्न निकै गाह्रो हुने कुरा बताए । उनको आशय कुनै पनि देशको उत्पादक शक्ति जनता हो, परिवर्तनको मूल आधार जनता हो तर नेपाल जस्तो देशमा अनेक खालका अशिक्षा, अज्ञान, अन्धकार र अन्धविश्वासको घना अँध्यारो छाएको हुँदा पहिले  जनमनलाई शिक्षित दीक्षित गर्न धेरै समय खर्चिनु आवश्यक रहेको भन्ने थियो । चौधरीले मानवको आन्तरिक जगत् उज्यालो नबनाई बाह्य जगत्मा प्रकाश छर्न सकिँदैन अर्थात् बाÞय परिवर्तनको मुख्य आधार जनताको अन्तर्मन हो ।  यसमा जब शिक्षाको प्रकाश प्रवाह गरिन्छ, तब मात्र भित्रको उज्यालोले बाह्य जगत् झिलिमिली हुन्छ । सुन्दर मूर्ति निर्माणका लागि छिनो,ढुङ्गा र खाक्सी तीन चिज महत्वपूर्ण हुन्छन्, उनले भने । चौधरीको यस भनाइमा बहुअर्थ विद्यमान देखिन्छ । सही नीति,नेतृत्व र तदनुकूलको कार्यकर्ता र जनता पनि यसको अर्थ हुन्छ । अर्को सिद्धान्त,संगठन र सिर्जना जस्ता त्रिआयाम बिना पार्टी संगठन अझ बौद्धिक संगठन चलायमान हुनसक्तैन उनको आशय देखिन्थ्यो । ल्युशाओ चीको भनाइ आलोचना सुन्न नसक्ने मानिस असल कम्युनिष्ट हुँदैन पनि उनी भन्दै थिए ।
उनी दबाइ तितो हुन्छ,करेला तितै हुन्छ र आलोचना पनि तितै हुन्छ तर त्यसमा कमजोरी सुधार्ने शक्ति वा क्षमता हुन्छ । यो भूल सुधार गर्ने ओखती हो ...उनी यो कुरा को बेलिबिस्तार लगाउँदै थिए । विज्ञ जनको अनुभव शिक्षा हुने कुरा पनि उनले बताए । नेता,नेतृत्व र आन्दोलनको चिन्ताले आलोचना र टिकाटिप्पणी हुन्छन् । तिनलाई छुट्याउन नसकेर सोलोडोलो कटाक्ष गर्दा नोक्सानी हुने उनको मान्यता देखिन्थ्यो ।
चौधरीले इमान्दार पार्टी नेतृत्वका धेरै चुनौती रहेको बताए । पार्टीको प्रथम नेतृत्व अभिभावक हो र यसले अभिभावकीय उच्च भुमिकामा रहेर कार्यकर्ताको उचित मूल्याङ्कन गरी उचित जिम्मेवारी प्रदान गर्नु पर्ने कुरा उनले उल्लेख गरे । पार्टीमा अनेक खालका स्वार्थका दबाब आउने हुनाले काम गर्न सकस पर्ने गरेको पनि उनले बताए । कार्यक्रममा सहभागी विज्ञ समूहका अगाडि उनले आफ्नो बिस वर्से सक्रिय राजनीतिक जीवनमा धेरै कुरा सिक्न बाँकी रहेको पनि बताए । तथापि उनको अभिव्यक्ति खारिएको नेतृत्व क्षमतायुक्त अनुभव हुन्थ्यो । अहिले कार्यबाहक अध्यक्ष भएको छ महिनाको अवधिमा धेरै उतारचढाव व्यहारेको चौधरीले बताए । लामो समय सामन्ती चरित्र र चिन्तन हाबी रहेको यो मुलुक अहिले गणतन्त्रात्मक शासन व्यवस्थामा परिवर्तित भएको उनले बताए । तथापि नेपालमा सामन्ती सांस्कृतिक अवशेष घनीभूत रूपमा विद्यमान रहेको उल्लेख गर्दै बहुदलीय जनवादी शासन व्यवस्था प्राप्तिका क्रियाशील पार्टीको नेतृत्व निर्माण पुरै जनवादी वा लोकतान्त्रिक पद्धतिमा आधारित हुनुपर्ने पनि उनले बताए ।
अमुक जाति, वंश, समुदाय र नश्ल र तिनको उत्तराधिकार मात्र राजनीति र राजकीय नेतृत्व गर्न सक्षम छन् भन्ने रूढीगत मनोविज्ञान हरक्षेत्रबाट समाप्त पार्न अब ढिला गर्नु नहुने कार्यबाहक अध्यक्षको दृढ आशय रहेको थियो । यसको अर्थ उनी महाधिवेशन पछि निर्वाचित तथा अनुमोदित नीति, नेतृत्व,कार्यक्रम र कार्यदिशा अनुसार जिल्लाको अभिभावकीय भूमिका निर्वाह गर्न प्रयत्नशील रहेको बताए ।  चौधरीले बुद्धिजीवीका बारेमा जे जति कुरा बोले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय माक्र्सवादी मनीषीका भनाइलाई आधार मानेर उदाहरण सहित गरेका थिए । अत्यन्त सावधानीका साथ आफूले यहाँहरू जस्तो उच्च बौद्धिक,ज्ञानी तथा आफ्ना त बाबु सरहका व्यक्तिसित केही भन्नु छैन भनी भनी आफ्नो अध्ययनमा प्राप्त विषय र प्रसंग उठाएर कटाक्ष गरेका थिए । चीनियाँ तङसियाओ पिङ जस्ता युरोपमा पढेका विद्वान् माक्र्सवादी नेताका कारण मुलुक उँभो लागेको उनले बताए । विज्ञ र विद्वान्ले आम श्रमजीवी जनताको हितका खातिर कति के कति गरिरहेको छ,त्यो महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
उनी माओका महत्वपूर्ण विचारका आधारमा बौद्धिक वर्गको निम्नपुँजीवादी चरित्रको व्याख्यान गर्दै थिए । उनले जनताबाट सिक भन्ने माओको भनाइ अघि सारेका थिए । तर हामी अर्थात् बौद्धिक वर्ग आम श्रमजीवी जनताका बीचमा गएर जनमैत्री भावनाका साथ काम गर्न कति उद्यत छ ? चौधरी बौद्धिक जमातमा प्रतिप्रश्न गर्दैे थिए । खाइजीविका नभएका र यस खालको अवस्था गुमाएका तथा विभिन्न कारणले कुलत र कुसंस्कारमा रहेका आम श्रमजीवी वर्ग र धरातलमा रहेका जनतालाई सही माक्र्सवादी शिक्षा दिन सक्ता तिनबाट समाज परिवर्तनमा ठूलो सघाउ पुग्ने द्वारिकलाल चौधरीको भनाइ रहेको थियो ।
उनले क्रान्तिको हतारो गर्ने, आत्मगत र भौतिक परिस्थिति निर्माण गर्न प्रयत्न नगर्ने,प्रतिकूल परिस्थितिमा लुक्ने, अनुकूल अवस्थामा अवसरको खोजमा मरिहत्ते गर्ने आम प्रवृत्ति पेटिबुर्जुवा भनी आफूले पढेको बताए तर यो कुरा यहाँहरू जस्तो विज्ञलाई भन्न खाजेको होइन भन्दै पनि भन्न भ्याए । उनी बुद्धिजीवीसँग सम्बन्धित सबै विचलनको व्याख्या गरिरहेका थिए । उनले आफ्नो अल्पज्ञान यहाँहरू समक्ष उजागर मात्र गरेको तर कार्यक्रममा उपस्थित विज्ञलाई नै भन्न खोजेको होइन भन्दै पनि रोचक, घोचक पारामा कमजोरी प्रति तीव्र कटाक्ष गरिरहेका थिए । चौधरीको मायालु पाराको छेडखानी बौद्धिक क्षेत्रले हँसमुख मुद्रामा श्रवण गरेको थियो । सहभागी बुद्धिजीवीलाई हँसाई हँसाई उनी चिमोटिरहेका थिए । कम्युनिष्ट पार्टीको मूलभूत र आधारभूत पक्ष सिद्धान्त हो । सही सिद्धान्तको सही आलोकमा देश र जनताको हित सुनिश्चित हुन्छ,उनी यही कुरामा जोड दिइरहेका थिए ।
अब मुलुकमा जिन्दावाद र मुर्दावादको राजनीतिको खास काम देखिँदैन । हिजो क्रान्ति र निर्माणका लागि अमुक राजनीतिक शक्ति,सत्ता र शक्तिकेन्द्रलाई आरोपित गरिन्थ्यो । अब ती केन्द्र ध्वस्त भएका छन् र त्यहाँ एमाले लगायत लोकतान्त्रिक शक्ति रहेका छन् । अब हामीले आफैँ होसियारीपूर्वक मुलुकको अन्यौल, अस्त व्यस्तता र अराजकता हटाउन लाग्नु पर्ने चौधरीले उल्लेख गरे । आफैँ शक्ति, सत्ता र सरकारमा रहेका बेला अब कसलाई दोष दिने ? उनी बौद्धिक जमातलाई प्रश्न गर्दै थिए । एकातिर उनी यो देशको भाग्य र भविष्य बनाउन आफैँ इमान्दारिताका साथ लागि पर्नु पर्ने बताए । यसमा आम हाम्रा पार्टी संगठन र मोर्चा संगठन सिर्जनात्मक रूपमा लागि पर्नुपर्ने धारणा राखे । हाम्रो अहिलेको कार्यभार क्रान्ति र निर्माण अहिले अन्यौल ग्रस्त रहेको अवस्थालाई हामीले चिर्नसक्नु पर्ने मान्यता राखे । उनको आशय समयमै संविधान जारी गर्न भइरहेको अवरोधलाई निकास दिन आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह पर्छ भन्ने थियो । कुनै पनि देश रेमिटयान्सका भरमा विकास र निर्माणको सिँढी चढ्न सक्तैन, जब आर्थिक कारोबार, क्रय, विक्रयको चक्र चल्दैन देश समृद्धिको दिशामा लाग्ने सक्तैन ।
आय, आर्जन, उत्पादन, विक्री, वितरण, रोजगार प्रवद्र्धनको मार्ग प्रशस्त नभए सम्म देशमा पुँजी निर्माण हुनैसक्तैन चौधरीले नेपाल जस्तो देशको मेरुदण्डको शल्यक्रिया गदैृ थिए । उनले यस दिशामा विषय विज्ञले विशेष अध्ययन र अन्वेषण गर्नु पर्ने कुरामा जोड दिए । पार्टी निर्माण र समृद्धिमा जसकसैको आवश्यकता हुन्छ । पार्टी नीति, सिद्धान्त, कार्यदिशा, आचरण र मान्यताद्वारा शिक्षित प्रशिक्षित वा दीक्षित हर कार्यकर्तालाई देश जनताको हितमा उपयोग गर्नु पर्ने उनले बताए तर युज एण्ड थ्रो गर्ने परिपाटीलाई सर्वथा अस्वीकार गर्ने कुरा चौधरीले उल्लेख गरे ।
आफूलाई मोही किसान परिवारबाट आएको बताएका उनले आम जनता तथा कार्यकर्तालाई ज्ञान,ध्यान र सिप दिन सके यस देशमा विकासका उज्वल सम्भावना रहेको पनि उल्लेख गरे । जिल्लाको बौद्धिक जमातमा पहिलोपल्ट विषयगत बौद्धिक रोचक प्रस्तुतिमा चौधरीलाई यस लेखकले देख्दा सुन्दा उनमा प्रभावकारी नेतृत्व क्षमता क्रमशः प्रवर्धन भएको महसुस गरेको थियो । यसलाई उनले तीन कपो त्रिआयामिक विशेषता सहितको नेतृत्व क्षमताको विशेषता वृद्धि गर्न विशेष ध्यान दिनुपर्छ । यस खालको सुस्पष्ट सोच भएको र तत्कालीन हाँसपोसा गाउँ विकासको दुई कार्यकाल अध्यक्ष भएर सफलता पूर्वक जिम्मेवारी पूरा गरेका धर्तीपुत्र हुन् र एमालेका लाल हुन् । चौधरीलाई एमालेले मेयर चयन गरेर सही निर्णय गरेको छ । यसले तराइमधेसमा सकारात्मक सन्देश पनि जानेछ ।