महाभूकम्प : चोट र अवसर

Newslaya Home

महाभूकम्प : चोट र अवसर

मङ्गलबार १७, साउन २०७४

२०७२ सालमा हजारौंको ज्यान लिने गरी कहालीलाग्दो भूकम्प गएको आज दुई वर्ष पूरा भएको छ । २०७२ बैशाख १२ गतेका दिन नेपाल र 

नेपालीलाई जरैदेखि हल्लाएर बिक्षिप्त बनाउने गरी गएको भूकम्पको कहालीलाग्दा दृश्यहरु अझै पनि नेपालीजनको मानसपटलबाट हट्न सकेका छैनन् । भूकम्पमा परी ज्यान गुमाउनेहरुका आफन्तका आँखामा आँसु ओभाएको छैन भने अंग–भंग भएकाहरुको घाऊ अझै पुरिएको छैन । भूकम्पको कम्पनबाट क्षति भएका अधिकांश घर, विद्यालय र पुरातात्विक सम्पदाहरु अझै उठ्न सकेका छैनन् ।

जब–जब बैशाख महिना लाग्छ तब नेपालीजनमा एक किशिमको त्रास उत्पन्न हुन थाल्दछ । भूकम्पको काहालीलाग्दा दृश्यहरु नेपालीजनको मानसपटलमा अझै ताजा बनेर छाउन थाल्छन् ।

जब–जब बैशाख महिना लाग्छ तब नेपालीजनमा एक किशिमको त्रास उत्पन्न हुन थाल्दछ । भूकम्पको काहालीलाग्दा दृश्यहरु नेपालीजनको मानसपटलमा अझै ताजा बनेर छाउन थाल्छन् । अनि फेरी पनि २०७० बैशाख–१२ को भूकम्प दोहोरिने पो होकी भन्ने डरले मनमा डेरा जमाउन थाल्दछ ।
२०७२ बैशाख १२ गतेको भूकम्पले हामीललाई धेरै चोट दिएको छ । भएको जेथो भूकम्पले सखाप पर्यो । सँगै रहेका आफन्तलाई भूकम्पले परलोक पुर्यायो । दुधे बालकले आमाको काखबाट बञ्चित हुनु पर्यो भने लाठी टेक्ने उमेरका हजुरबुवा हजुरआमाको बुढेशकालको सहारा बनेका आफ्ना सन्तान नै भूकम्पले खोसेर लग्यो । यो दर्दनाक अवस्थाको स्मरण गर्दा अनि सुन्दा मात्र पनि आँसु छचल्किएर आउँछ । नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको भूकम्पले १८ हजारभन्दा बढीलाई घाइते बनायो । नीजि घर, धार्मिक मठ मन्दिर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किए । तर यति धेरै चोट दिएको भूकम्पले हामीलाई केही पाठ पनि सिकाएको छ । केही अवसर पनि दिएको छ । तर विडम्बना भूकम्पले दिएको चोट खेप्न बाध्य भएका हामीले भूकम्पले सिकाएको पाठलाई बुझ्न सकेनौं । भूकम्पले दिएको अवसरलाई सदुपयोग गर्न सकिरहेका छैनौं ।

भत्किएका बस्तिाहरुलाई व्यवस्थित गरी सुन्दर पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने अवसर प्राप्त भएको छ । भत्किएका सम्पदाहरुलाई अझ बलियो र अकर्षक बनाउने ठाउँ दिएको छ ।

खासगरी भूकम्पबाट भन्दा पनि मापदण्ड विपरीत जथाभावीरुपमा बनाएका घरहरुका कारण बढी क्षति भोग्नु परेको थियो । तर हामीले त्यसलाई बुझ्न सकेका छैनौं वा बुझेर पनि बेवास्ता गरिरहेका छौं । २०७० सालको भूकम्पमा पनि जथाभावीरुपमा बनाएका घरहरुका कारण बढी क्षति भोग्न बाध्य भएका हामीले नयाँ भवन निर्माणमा जुन सावधानी अपनाउनु पर्ने हो त्यसतर्फ त्यति ध्यान दिएको पाइँदैन । हुन त सरकारले हरेक नगरपालिकाहरुमा मापदण्ड अनुसार भूकम्प प्रतिरोधी घर बनाउनु पर्ने भनेपनि त्यो पूर्णरुपमा व्यवहारमा आउन सकेको छैन । अधिकांश मानिसहरु सुरक्षित घर बनाउनेतर्फ भन्दा पनि के कसरी कम खर्चमा घर बनाउने भन्नेतर्फ सोच्ने गर्छन् । अनि नगरपालिकाका इञ्जिनियरको चित्त बुझाएर आफ्नै तालमा मापदण्ड विपरीतका भवन बनाउन थाल्दछन् । उनीहरुले तत्काल पैसको मुख हेर्दा आफू र आफ्नो परिवारको ज्यान जोखिममा परेको हेक्कासमेत राख्दैनन् ।

२०७२ सालको भूकम्पमा पनि जथाभावीरुपमा बनाएका घरहरुका कारण बढी क्षति भोग्न बाध्य भएका हामीले नयाँ भवन निर्माणमा जुन सावधानी अपनाउनु पर्ने हो त्यसतर्फ त्यति ध्यान दिएको पाइँदैन ।

अर्कोतर्फ भूकम्पले जति नै चोट दिएपनि दलका नेताहरुलाई देशको पुनर्निर्माण गर्ने अवसर पनि प्रदान गरेको छ । भत्किएका बस्तिाहरुलाई व्यवस्थित गरी सुन्दर पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने अवसर प्राप्त भएको छ । भत्किएका सम्पदाहरुलाई अझ बलियो र अकर्षक बनाउने ठाउँ दिएको छ । केही गरेनन् भनेर सँधै जनताको गाली खाने गरेका नेताहरुलाई केही गरेर देखाउने अवसर दिएको छ । तर त्यो अवसरलाई पनि सरकार र सत्ता सञ्चालनको बागडोर सम्हालेका दलहरुले सदुपयोग गर्न सकेका छैनन् । भूकम्प गएको दुईवर्ष पुरा भइसक्दा समेत पुनर्निर्माणको कामले गति लिन सकेको छैन ।
नीजि घर, धार्मिक मठ मन्दिर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएकामा हालसम्म १८ हजार ६ सय ३३ निजी घर निर्माण गरिएको छ भने ९० वटा पुरातात्विक क्षेत्रको मात्र पुनर्निर्माण भएको छ । यस्तै २ सय स्वास्थ्य संस्था र ८ हजार विद्यालयमध्ये १ हजार १ सय ४१ विद्यालय निर्माण गरिएको छ । यस्तै ४ सय ५० जोखिमयुक्त वस्तीमध्ये १ सय ११ वस्ती स्थानान्तरणका लागि सिफारिस मात्र गरिएको छ । सरकारको यो गति हेर्दा कतैबाट पनि चित्त बुझाउने ठाऊँ देखिंदैन । बरु भूकम्प पीडित जनाताहरु छाप्रोमुनि रात बिताइरहँदा सरकार भने पुनर्निर्माण प्राधिकारणको सिइओ हटाउने दलिय झगडामा रुमलियो । तर यहाँ प्राधिकरणको सिइओ होइन सरकारको सोच चाहिं फेर्ने बेला भएको हो । सरकारमा बसेका दलहरुमा साँच्चै पुनर्निर्माणमा लाग्छु भन्ने दृृढ इच्छाशक्तिको खाँचो छ । जनताको समस्या र पीडा अनुभुति गर्ने मनको खाँचो छ ।

बरु भूकम्प पीडित जनाताहरु छाप्रोमुनि रात बिताइरहँदा सरकार भने पुनर्निर्माण प्राधिकारणको सिइओ हटाउने दलिय झगडामा रुमलियो । तर यहाँ प्राधिकरणको सिइओ होइन सरकारको सोच चाहिं फेर्ने बेला भएको हो ।

यतिबेला देशमा स्थानीय तहको निर्वाचन हुन लागिरहेको छ । दलका नेताहरु हुने–नहुने कुरा गरेर जनतालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । त्यसको साटो भूकम्पले भत्किएका बस्ती पुनर्निर्माण अनि पीडित परिवारको पीडामा सहयोगी बन्न सकेको भए दलका नेताहरुले चुनावका बेला यसरी झुटा आश्वासनका पोकहरु बाँड्नु त पर्ने थिएन ।

नेताहरु हो, अझैपनि अवसर छ, यो अवसरलाई बुझ । यो भूकम्प पीडित जनताको घाऊमा मलम लागउने मात्र होइन जनताको मन जित्ने अवसर हो । देशको मुहार फेर्ने अवसर हो । सुन्दर नेपाल निर्माणको सपना साकार पार्ने अवसर हो । अनि तितिहरुको राजनीतिक भविश्य उज्ज्वल बनाउने अवसर पनि हो ।