​ऋषि धमलाकी श्रीमती आफैले बनाएको फिल्मकी नायिका बन्ने

Newslaya Home

​ऋषि धमलाकी श्रीमती आफैले बनाएको फिल्मकी नायिका बन्ने

शुक्रबार ०९, भदौ २०७४

काठमाडौं । पत्रकार ऋषि धमला आफ्नी पत्नी एलिजा गौतम अब नायिका बन्ने भएकी छिन् । मोडलिङ गर्दा गर्दै धमलाले उनलाई विवाह गरेका थिए । एक अन्तर्वार्ताको क्रममा धमलाले उनलाई नायिका बनाउने घोषणा गरेका थिए ।
नायिका बन्नको लागि एलिजा आफैंले एक फिल्म निर्माणको तयारी गरिरहेकी छिन् । नाम सार्वजनिक नगरे पनि फिल्ममा एलिजाका नायक दीपक घिमिरे हुनेछन् । फिल्मको निर्देशन सत्यराज चौलागाईँले गर्ने बताइएको उक्त फिल्मको संगीत भने गायक सुगम पोखरेलले गर्नेछन् ।
दशैं र तिहारको आसपासमा फिल्म छायांकन गरिने उक्त फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको एलिजाले बताएकी छिन् ।