को बाहिरिएला नेपाल आइडलको टप ५ बाट ?

Newslaya Home

को बाहिरिएला नेपाल आइडलको टप ५ बाट ?

शुक्रबार ०९, भदौ २०७४

इटहरी । पहिलो पटक नेपालमा अन्र्तराष्ट्रिय स्तरकोे रियालिटी शो नेपाल आइडल अन्तिम चरणमा पुगे सँगै अब को बाहिरिएला र उपाधि कसले पाउला भन्ने विषय सबैको चासोको विषय बन्दै गएको छ ।  बिहिबार भएको टप ५ मा सबैले आफ्नो तर्फबाट निकै नै दमदार तरिकाबाट प्रस्तुति देखाए । 
यतिबेला चिया पसल पसल देखि हरेक स्थानमा जताजतै नेपाल आइडलकै चर्चा छ । बिहिबार हिन्दु नारिहरुको महान चार्ड हरितालिका तीज समेत परेकाले बिहिबारको  प्रस्तुती निकै  रमाइलो बनेको थियो । 
त्यस माथि अतिथी निर्णायकको रुपमा आएका चर्चित गायक प्रमोद खरेलको उपस्थितीले नेपाल आइडलको माहोल अझ आकर्षक बन्न पुग्यो  । तर, आज सबैको ध्यान को बाहिरिएला भन्नेमा छ । गत साता सुरज थापा बाहिरिए पछि  आइडलको ठुलै बहस चल्यो । सबैका फेसबुकका भित्ताहरुले सुरज थापाको विषयमा स्थान पायो । 
बिहिबार सागर आलेले ‘तिम्लाइ छुने बतास’ बोलको गीत गाएर निर्णायकहरुको मन छोएका थिए । ‘परेलीमा’ बोलको गीत गाएका नेपाल आइडलका अर्का प्रतिस्पर्धी निशान भट्टराईको प्रस्तुतीलाई समेत निर्णयकले रुचाए । 
त्यसै गरि नेपाल आइडलकी प्यारी छोरीको उपमा पाएकी सुजता पाण्डेले गाएको ‘पल पल तिम्रै सम्झनामा’ बोलको गीतलाई मन मात्र पाराइएन, बिहिबारको प्रस्तुती मध्येबाट उत्कुष्ट हुदै गिटार समेत हात पारिन् । बुद्ध लामाले ‘चुलेसी’ बोलको प्रस्तुतीबाट राम्रो प्रतिक्रिया पाउदा ‘हिड्दा हिड्दै’ गीतबाट प्रताप दासले समेत चित्त बुझ्दो प्रतिक्रिया पाएका छन् । 
सरासर हेर्दा नेपाल आइडलका पाँच जना प्रतिस्पर्धी कोही भन्दा कोही कम छैनन् । रियालिटी शो को नियम अनुसार एक जना बाहिरिनै पर्ने हुन्छ । त्यसैले शुक्रबार आज एक जना बाहिरिने छन् । र यतीबेला समाजिक सञ्जाल देखि सबै तिर को बाहिरिन्छ भन्ने आँकलन गर्न थालिएको छ ।