​जुनले खोजिन सोझो पति ( भिडियो सहित )

Newslaya Home

​जुनले खोजिन सोझो पति ( भिडियो सहित )

बिहीबार ०८, भदौ २०७४

इटहरी । आज नेपाली हिन्दु नारीहरुको महान चाड हरि तालिका तिज आज हिन्दु नारीहरु बिहानै उठेर स्नान गरि भगवान शिवको पुजा आरधनागरि निराहार ब्रत बसेका छन् । ताप्लेजुङ्ग जिल्लामा जन्मिएकी जुनु प्रसाई पनि आज सोझो पति पाउँ भनेर भगवान शिवको पुजा आरधनागरि विहानैदेखि निराहार ब्रत बसेकी छिन् । प्रत्येक बर्ष तिजको अवशरमा बजारमा धरै तिजका गितहरु आउने गरेका छन् । यस्तै तिजको अवशर पारेर पुर्वकी चेली जुनु जुनु प्रसाई स्वरमा रहेको महादेव महादेव बोलको लोक गीतले अहिले निकै चर्चा पाईरहेको छ । मान्छे चिन्न गाह्रो रहिछ न त् साट्न मिल्छ भन्ने थेगो सहितको तिज गीत सामाजीक , संजालमा यतिबेला भईरलै बनेको छ । 
नरेश खड्काको शब्द रहेको गीतमा गौरव दर्पणको संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा जुनकोे  अभिनय रहेको छ । 
सचिन सिंहले म्युजिक भिडियोमा एरेन्ज गरेका छन् भने सम्पादन आशिश पौडेलको रहेको छ त्यस्तै  कोरियोग्राफी तुलसी घिमिरेले गरेका छन ।