२ रुपैयाँमा लाउरेको इन्ट्री

Newslaya Home

२ रुपैयाँमा लाउरेको इन्ट्री

बिहीबार ०८, भदौ २०७४

इटहरी । भाद्र २३ गतेबाट देशभर प्रदर्शनमा आउँने फिल्म २ रुपौयाँको टाइटल ओ.यस.टी. सङ्गको च्यासल स्थित सुटिङ स्टुडियोमा सुटिङ गरिएको छ ।
र्यापर आसिश राना लाउरे, एड्रे, र ब्याकग्राउण्ड स्कोरर तथा म्युजिक कम्पोजर रोहित शाक्य भिडियोलाई उत्कृष्ट बनाउन तल्लीन थिए । र्यापरहरुले र्याप हानिरहदा एटिट्युडवाला एक्सपे्रशन समेत राम्रो देख्न सकिन्छ । युवा पुस्तामा अत्याधिक लोकप्रिय लाउरे र एड्रे एउटै पर्दामा आउँनुले पनि भिडियो उत्कृष्ट बन्ने अड्कल गर्न सकिन्छ । 
बिभिन्न कलरका लाईट जडीत सुटिङ सेटलाई गरेर झकिझकाउँ बनाइएको थियो । सुटिङ सेटमा फिल्मका अभिनेताहरु निश्चल बस्नेत, आसिफ साह, र्यापर आसिश राना (लाउरे ), एड्रे, लगायत उपस्थित थिए । उक्त ओ.यस.टी. सङगले फिल्मको कथाको केहि अंश समेत बल्ने फिल्मका अभिनेता आसिफ साहले बताए ।
गीतमा २ रुपौयाका नोटलाई समेत देखाइएको छ । फिल्मको कुटुमा कुटु बोलको गीत अत्याधिक हिट भैसकेको अवस्थामा अब र्याप फ्लेबरको गीतले टिनेजलाई समेत हल सम्म तान्न मद्दत गर्ने निर्माण युनिटको दाबी छ  ।