मिसेस तीज इटहरीको ताज रञ्जुलाई (फोटो फिचरसहित)

Newslaya Home

मिसेस तीज इटहरीको ताज रञ्जुलाई (फोटो फिचरसहित)

बुधबार ०७, भदौ २०७४

इटहरी । द विहानी डान्स एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको मिसेस तीज इटहरी–२०७४ को उपाधि रञ्जु सिग्देलले जितेकी छन् । यस्तै इन्दिरा बस्नेत फस्ट रनर अप र तुलशा थापा भट्टराई सेकेण्ड रनर अप भएकी छन् । 
१७ जना विवाहित महिलाहरु सहभागी प्रतियोगितामा सबैलाई कुनै न कुनै विधामा उपाधि प्रदान गरिएको कार्यक्रम संयोजक विसप श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा कवि मनु मञ्जिल, डा. सन्देश दास श्रेष्ठ र इच्छा मादेनले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 
प्रतियोगिता अघि २० दिनसम्म सहभागिहरुलाई विभिन्न विधामा तालिमसमेत दिइएको विहानीका निर्देशक हेमन्त शर्मा भट्टराईले जानकारी दिए । व्यक्तित्व विकास विधामा सुनिल तिमिल्सिना, हाउसहोल्ड माइक्रो फाइनान्सको बारेमा उज्ज्वल घिमिरे, हेल्थ अवारनेशको बारेमा निलम भट्टराईले सहजीकरण गरेका थिए । 
यसैगरी विसप ताम्राकारले मोबाइल फोटोग्राफी सिकाएका थिए भने विजु बैनी श्रेष्ठले व्यूटी टिप्सको बारेमा जानकारी गराएकी थिइन् । यस्तै प्रनीशा उदासले र्याम्प वल्क गराएकी थिइन् भने विशप ताम्राकारले फोटो सेसन गराएका थिए । 








\




तस्वीरहरु : राहुल