​'को १ छ, छ १ छ' ले पायो सकारात्मक प्रतिक्रिया

Newslaya Home

​'को १ छ, छ १ छ' ले पायो सकारात्मक प्रतिक्रिया

मङ्गलबार ०६, भदौ २०७४

काठमाडौ । बिराटनगरबाट बेलबारी सम्मको यात्रा समेटिएको नाटक ‘गाडी नं. को १ छ, छ १ छ’ ले काठमाडौको मण्डला थिएटरमा राम्रो प्रतिक्रिया पाईरहेको छ । जिरो सर्कल इन्टरटेनमेन्ट्सको प्रस्तुतीमा देखाइएको नाटक म्युजिकल लब स्टोरीमा आधारित छ । नाटकलाई आधा सुरले निर्देशन गरेका हुन् । 
बसमा यात्रा गर्दाको क्रममा भएका घटनाहरुलाई नाटकमा प्रस्तुत गरिएको छ । बिराटनगरबाट छुटेको ‘को १ छ, छ १ छ’ को बस इटहरी हुनै बेलबारी पुग्छ, भने यात्राको क्रममा हुने लभ स्टोरी नाटकमा देखाइएको छ । बसमा यात्रा गर्दै गरेको एक युवक जसले त्यही बसमा रहेकी युवतीलाई मनमनै मन पराउँछ । तिनै युवतीसँग जीवन बिताउने सपना देख्दै यात्रा अघि बढाउँछ । 
मिलन कार्कीको सह निर्देशनमा निर्माण भएको नाटकमा अमृत ढुंगाना, निशा कार्की, आयान खड्का, रोहित पौडेल, मिलन कार्की, रियर राईलगायतको भूमिका छ । संवाद रहित सांगीतिक नाटकको उपमा पाएको नाटकले अहिले निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । साउन २७ गतदेखि सुरु भएको नाटक ‘को १ छ छ १ छ’ भदौ १७ गतेसम्म चल्ने छ ।